काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधरण नेपालीहरुलाई मंसिर २९ गते देखि आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ छिटोमा पौष २ गते र पूर्ण आवेदन नपरेको अवस्थामा पौष १३ गते निष्कासन बन्द हुनेछ ।
धितोपत्र बोर्डको स्वीकृतिसँगै कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात् ६० लाख कित्ता आइपीओ शेयर १०० रुपैयाँको दरले सर्वसाधारणलाई जारी गर्नेछ । जस मध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ३ लाख सामुहिक लागनीकोषहरुलाई सुरक्षित गरिएको छ ।
बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधराण नेपालीहरुलाई निष्काशन गरिने भएको छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर आर्फत आवेदन दिन सक्नेछन् ।
हाल यस कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया