क्यान्सर र कोभिड १९ विषयक वेमिनार सम्पन्न, २५ प्रतिशत बिरामी कोरोनाको डरले फलोअपमा नआउने डाक्टरको गुनासो

ललितपुर । नेपाल महिला चेम्बरले क्यान्सर र कोभिड १९ बिषयक वेमिनार कार्यक्रमको आयोजना गरेको छ । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा शुक्रबार आयोजित सो वेमिनार कार्यक्रम माझ प्रमुख वत्ताका रुपमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। सुदिप श्रेष्ठ र चिकित्सा वैज्ञानिक डा। दिग्विजय राजा महतले प्रस्तुती दिएका थिए ।

महिला चेम्बरकी सदस्य सोनी जोशीले वक्ता डा। सुदिप श्रेष्ठको व्यक्तित्व बारे चर्चा गर्दै चिकित्सा विज्ञान अन्तर्गत क्यान्सर उपचारको क्षेत्रमा उनको पृथक पहिचान रहेको भन्दै उनको विज्ञता, अनुभव र आवद्धता सम्बन्धमा प्रकाश पारेकी थिईन ।

वेमिनार कार्यक्रम माझ आफ्नो प्रस्तुती दिने क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका अध्यक्ष समेत रहेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले कोरोना महामारी शुरु भएका केही साता क्यान्सरका बिरामी ७५ प्रतिशतले घटेको भन्दै अझै पनि २५ प्रतिशत बिरामी कोरोनाको डरले फलोअपमा समेत आउन छाडेको बताए । उनले बिरामी समयमा नआउँदा निको हुने क्यान्सरको उपचारमा समेत समस्या देखिएको कुरा राख्दै कोरोनाबाट बच्न सुरक्षा अपनाउँदै क्यान्सरको उपचारलाई निरन्तरता दिन सल्लाह दिए ।

डा। श्रेष्ठले कोभिड पस्चात क्यान्सरका बिरामीहरु बढी जसो एडभान्स स्टेजमा आउने गरेको जनाएका थिए । ढिलो गरि आउनाले क्यान्सरको उपचार प्रभावित बन्ने गरेको पनि उनले औंल्याए । उनले मेडिकल टिमसँग नियमित सम्पर्कमा रहन सुझाउदै ब्ल्ड क्यान्सर, फोक्सो क्यान्सर, अंग प्रत्यारोपण, ब्ल्ड प्रेसर, डायबिटिज, मुटु रोगी लगायतमा कोभिडको जोखिम बढी रहने बताए । पछिल्लो समयमा कोभिडलाई हल्का रुपमा लिने गरिएको भन्दै विकसित अवस्था प्रति उनले चिन्ता व्यक्त गरे । डा। श्रेष्ठले व्यवसायिक रुपमा पनि सुरक्षित रहदै व्यापार व्यवसाय गर्नुपर्नेमा जोड दिए ।

महिला चेम्बर कि सदस्य सुनिता बटाजुले कार्यक्रमका वक्ता चिकित्सा वैज्ञानिक एवम् अनुसन्धानदाता डा। दिग्विजय राजा महतको व्यक्तित्व बारे प्रकाश पार्दै उनी एक अब्बल अनुसन्धानकर्ता रहेको बताईन । उनको अनुसन्धानबाट क्यान्सर रोगको उपचार पद्धतीहरुको विकास भई अन्तरराष्ट्रियस्तरमा चर्चा चुलिदै गएको पनि उनले औल्याईन ।

ततपस्चात कार्यक्रमका वक्ताका रुपमा प्रस्तुती दिदै चिकित्सा वैज्ञानिक डा। दिग्विजय राजा महतले केही समयको अन्तरालमा भिन्न ल्याबमा कोभिड टेस्ट गर्दा एकै ब्यक्तीको नतिजा फरक आउँने स्थितीले नेपालको ल्याबले दिने रिपोर्टमा प्रश्न उठने गरेको भन्दै चिन्ता व्यक्त गरे । साथै, उनले सोही कारणले गर्दा अन्तरराष्ट्रिय उडान प्रभावित हुँदै आएको पनि औल्याए ।

डा। महतले डिसेम्बर ८ मा अमेरिकाबाट कोभिडको परिक्षण सम्बन्धी छरितो प्रविधी नेपालमा भित्रदै गरेको जानकारी दिदै डिसेम्बर १९ मा आँफै उपस्थित भएर टेकु स्थित प्रयोगशालामा परिक्षण गर्ने कार्यक्रम रहेको जानकारी दिए । साथै उनले विश्वव्यापी रुपमा हुँदै आएका कोभिड परिक्षण विधी, प्रयास र जारी अनुसन्धान बारे जानकारी दिएका थिए ।

डा। महतले रोगको प्रकृती हेर्दा पनि जुनसुकै देशले निशुल्क रुपमा खोपको व्यवस्था गर्नुपर्ने बताए ।

कार्यक्रम माझ नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले सहजकर्ताको भुमिका निर्वाह गरेकी थिईन भने उपाध्यक्ष सुश्मा शर्माले स्वागत मन्तव्य र स्वास्थ्य संयोजक स्वरुपा श्रेष्ठले धन्यवाद मन्तब्य व्यक्त गर्दै वेमिनार निकै फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रमका सहभागीहरुले क्यान्सर र कोभिड १९ सँग सम्बन्धित रहेर डा। द्व्यसँग विभिन्न जिज्ञासा राखेका थिए भने केहीले अनुभव बारे बताएका थिए । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन, चिकित्सक एवम् स्वास्थ्यकर्मी, महिला चेम्बरका सल्लाहकार, पदाधिकारी एवम् अधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको सहयोगमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?