काठमाडौं । भन्सार विभागको तथयाङ्क अनुसार, चालु आर्थिक वर्षको ४ महिनामा ८१ हजार ९९४ वटा मोटरसाइकल र स्कुटर नेपाल भित्रिएका छन् । असारमा लकडाउन खुल्दा पनि हजारौं मोटरसाइकल र स्कुटर मौज्दातमा थुप्रिएका थिए । साउनपछि मोटरसाइकल–स्कुटरको बिक्री बढ्दा आयातले गति लियो ।
गत वर्ष साउनदेखि कात्तिकसम्म ९६ हजार दुईपांग्रे सवारी साधन आयात भएकोमा यसपटक सोही अवधिमा करिब ८२ हजार भित्रिएको छ ।
मूल्यका हिसाबले ४ महिनामा ७ अर्ब २७ करोडको मोटरसाइकल भित्रिएको छ । त्यसबाट सरकारले ७ अर्ब ८४ करोड भन्सार राजस्व असुल गरेको छ ।
चिसो बढेकाले बाइक बिक्रीका हिसावमा यो समयलाई ‘अफ सिजन’ मानिन्छ । तर, बाइक सोरुमहरुमा पुग्ने ग्राहक भने गत वर्षको यही अवधिको तुलनामा कम छैनन्ल कडाउन खुलेपछि पनि महामारीका कारण सार्वजनिक यातायात सहज नहुँदा दुईपांग्रे गाडीको ब्यापार चम्किएको आकँलन गरिएको छ ।
सरकारले असार १ पछि सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली लागु गरेपछि तीनखाले ग्राहक मोटरसाइकल–स्कुटरको शोरुम पुगे । घरमा एउटा मात्र सवारी साधन भएकाहरुलाई जोर–बिजोर दुवै हुने गरी व्यवस्थापन गर्नु थियो । कार भएकाहरुले पनि अप्ठेरो पर्ने दिनका लागि बाइक वा स्कुटर किने ।
सार्वजनिक सवारीमै कार्यालय आउ–जाउ गर्नेहरुले पनि मोटरसाइकल वा स्कुटर किने । सार्वजनिक सवारीमा भर परिरहेका कर्मचारीदेखि घरमै उद्यम गर्नेहरुले यही बेला बाइक या स्कुटर किने । (रासस)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया