काठमाडौं । मानिसहरुले विभिन्न कुराहरु चोरेको खबर त तपाईले सुन्नु भएकै होला । तर उनीहरुलाई त्यति ठूलो सजाय मिल्दैन । तर यूरोपीय देश स्लोवेनियाका एक सांसदले एक स्यान्डविच चोरेको आरोपमा राजीनामा दिएका छन् । तर उनले राजीनामा आफ्नो इच्छाले दिएका हुन् । तर उनले विभिन्न किसिमका आरोप भने सहनु परेको छ ।
यो घटना अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । स्लोवेनियाका सत्तापक्षका नेता दारिज क्रेजिसिचले केहि महिना पहिला त्यहाँको एक सुपरमार्केटबाट स्यान्डविच चोरेका थिए ।
कर्मचारीले त्यो दृश्य हेरिरहेका थिए । केहि समय रोकिए पछि उनी पैसा नदीकनै आफ्नो बाटो लागे । यसको खुलासा सांसद स्वयंले नै गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया