काठमाडौं । बोटबिरुवा सजिव हुन् भन्ने कुरा त सबैलाई थाहा नै छ ।
हिँड्न डुल्न सक्दैनन् तर श्वासप्रश्वास देखि ग्रोथसम्म मानिसको जस्तै हुन्छ । तर यसको भित्र रगत पनि हुन्छ भन्दा तपाईलाई अचम्म लाग्ला ।
एउटा रुख जो काटेपछि मानिसको जस्तै रगत निस्किन्छ । यो रुख काट्दा मानिसको जस्तै रगत निस्किन्छ ।
यो रुख विशेष गरेर दक्षिण अफ्रिकामा पाइन्छ । दक्षिण अफ्रिका बाहेक यो रुख मोजाम्बिक, नामिबीया, तन्जानिया र जिम्बाबे जस्ता देशमा पनि पाइन्छ ।
यो रुखबाट रगत जस्तै रङ निस्किने भएकोले यसको नाम ब्लडवुड ट्री राखिएको छ । त्यस्तै यसको वैज्ञानिक नाम सेरोकारपस एंगोलेनसिस रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया