काठमाडौं– वीर अस्पतालले सबै किसिमको स्वास्थ्य सेवा दिन शुरु गरेको छ । अस्पतालले कोभिड र नन-कोभिड बिरामीलाई स्वास्थ्य सेवा दिन शुरु गरेको कुरा सूचना जारी गरी खुलाएको हो ।
अस्पतालले कोभिड १९ बाट संक्रमित भएका तथा नभएका सबै बिरामीलाई सामान्य तथा विशेषज्ञ सेवाहरु बुधवाररदेखि प्रदान गरेको अस्पतालका निर्देशक डा.केदार प्रसाद सेन्चुरीले बताएका छन् ।
अस्पतालद्वारा जारी सूचनामा ‘कोभिड–१९ का बिरामीलाई सम्पूर्ण उपचारको व्यवस्थाका साथ साथै अन्य ननकोभिडका बिरामीलाई समेत सम्पूर्ण सामान्य तथा विशेषज्ञ सेवाहरु साविक बमोजिम नै प्रदान गर्दै आइरहेकाले सबै बिरामीले अस्पतालबाट आवश्यक सेवा लिन सकिन्छ’ भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया