‘ब्यूटिफूल’ र ‘ह्याण्डसम’ को सट्टामा कस्ता शब्द प्रयोग गर्न सकिएला ?

काठमाडौं – कसैले अति सुन्दर तस्वीर राख्दा तपाई के कमेन्ट गर्नुहुन्छ ?  कस्तो प्रतिक्रिया दिनुहुन्छ ? महिलाभए ‘ब्यूटिफूल’ पुरुष भए ‘ह्याण्डसम’ । धेरैको जवाफ यहि आउँछ ।

यसकारण की – यो वर्षौदेखि प्रयोग गरिँदै आएको छ ।

धेरैले यसो किन भनिन्छ भन्ने प्रश्नको जवाफ दिन्छन् ‘अरु शब्द सम्झनामा आए त भनिन्छ । तर सहज लागेकोले यहि भनिन्छ ।’

सामाजिक सञ्जालमा कमेन्ट गर्दा पनि यस्तै शब्द प्रयोग गरी प्रतिक्रिया जनाईन्छ ।

अहिले सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण धेरै मानिसहरु भावनात्मक रुपमा नजिकीएका छन् ।

प्रविधीले मारेको फड्कोसँगै हामी पनि नयाँ नयाँ एप र तिनको प्रयोग गरिरहेका नै हुन्छौँ तर हामीले फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जालमा आफ्ना साथी वा मन परेको मानिसको फोटोमा वा कुनै दृश्य जति नै मन परेको किन नहोस् ? तर एउटै कमेन्ट गरिरहेका छौँ – त्यो हो केटी मानिसलाई भए ‘ब्यूटिफूल’ केटा मानिसलाई भए ‘ह्याण्डसम’ ।

लामो समयदेखि आईएलटीएसको कोष अध्यापन गराइरहेका एक शिक्षकलाई लोकपथले सोधेको थियो – ‘ब्यूटिफूल’को सट्टामा अतिनै मन परेको चिजमा गरिने कमेन्टमा मिल्ने शब्दहरु के हुन् ? अनि पु्रुष लिंङ्गीमा गर्न सकिने वजनपूर्ण शब्दवली के होलान् ? 

उनले दिएको जवाफ यस्तो छ : 
पक्कैपनि हाम्रा धेरै यूवाजमात प्रविधीसँग अघि बढे । तर उनीहरुले एक शब्दको सट्टामा प्रयोग गरिने कमसेकम १० वटा शब्द बुझ्नुपर्छ र प्रयोगमा ल्याउनुपर्छ । यसलाई अंग्रेजीमा (synonyms) सिनोनेम्स अर्थात् ‘पर्यायवाची’ शब्द भनिन्छ । उस्तै अर्थमा प्रयोग गरिने फरक शब्द ।

ति कतिपय वजनदार हुन्छन् त कतिपय हलुका ।

यसअर्थ हाम्रा यूवाहरु गेम खेल्न मूभि हेर्न टिकटकमा मात्रै रुची बढ्ता राखेकाले यस्ता पर्यायवाची शब्दसँग जानकार छैनन् । यो उनीहरुको गल्ति होईन हाम्रो ‘स्कूलिङ’ त्यो अनुसारको भएन । उनले थपे, ”फेसबुक जस्तो धेरै पहुँचमा पुगेको एपले विभिन्न शब्दमा स्टीकर बनाएको छ । तर उसले पनि ठूलो समूहलाई सम्बोधन गर्नुपर्ने हुँदा सहज र चलनचल्तिको शब्दमा स्टीकर बनाएको छ ।”

पढेलेखेका यूवाहरुले केही पर्यापवाची चाहिँ जान्नैपर्छ ।

मलाई लाग्छ सुन्दर वस्तु चिज वा नारीको लागि यी शब्द प्रयोग गर्न सक्छन् भने पुरुषका लागि यस्ता शब्दहरु छनौट गरी प्रयोग गर्न सक्दछन् ।

beautiful को सट्टामा प्रयोग गर्न सकिने शब्द 
  • alluring
  • cute
  • dazzling
  • fascinating
  • graceful
  • magnificent
  • marvelous
  • charming
  • cunning
  • delightful
  • fascinating
  • glamorous
  • eye – catching
  • arresting
  • gorgeous
  • splendid

Handsome को सट्टामा प्रयोग गर्न सकिने शब्द

  • attractive
  • personable
  • striking
  • stunning
  • fine
  • good-looking
  • nice-looking
  • well proportioned
  • well formed
  • hunky
  • dishy
  • hot
  • tasty
  • fanciable
  • knockout
  • fit
  • spunky
  • sightly
  • abundant
  • bumper
  • plentiful
  • lavish
  • classy
  • courtly
  • elegant
  • fine
  • graceful
  • majestic
  • princely
यसअघि प्रकाशित यो सामाग्री पनि पढ्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?