काठमाडौं, ५ चैत – नेपाल आइडलले दोस्रो सिजनमा विजेता हुने आइडललाई गाडी उपहार नदिने भएको छ । पहिलो संस्करणमा बीस लाख पुरस्कार र गाडी उपहार राखेको आइडलले अब भने गाडी हटाएर पचास लाख दिने निर्णय गरेको हो ।केही दिनअघि पहिलो नेपाल आइडल बनेको बुद्ध लामाले महेन्द्रा केयूभी १०० गाडी उपहारमा पाएका थिए तर कर बापत तिर्नुपर्ने रकम नतिर्दा उनले अझै गाडी चढ्न पाएका छैनन् । यस्तै विवाद फेरि नहोस् भनेर आयोजकले गाडी हटाएको हो ।साथै नेपाल आइडलको सिजन २ को अडिसन भैरहवाबाट शुरु हुने भएको छ । विशेष क्षमता भएकालाई गोल्डेन माइक पनि दिने गरी भोलि (मंगलवार) भैरहवाको जेसिस किन्डर गार्डेन हाइस्कुलमा अडिसन हुनेछ । लगत्तै धनगढी, धरान, पोखरा, हेटौंडा र काठमाडौंमा पनि अडिसन हुनेछ ।साथै यसपटक नेपाल आइडलको विजेता भोटका आधारमा मात्र छनोटमा नपर्ने भएका छन् । यसअघि बुद्ध लामा भारी मतले भोटिङका आधारमा चुनिएका थिए । यस पटक भने ५० प्रतिशत अधिकार निर्णायकको हुनेछ ।यस पटकको नेपाल आइडलका लागि जजहरु भने पुरानै रहने भएका छन् । सर्वाधिक रुचाइएको यो शो मा पहिले न्ह्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज थिए । होस्टको जिम्मा लिएका सुशील नेपालको सट्टामा भने अब प्रस्तोता आसिफ शाह रहने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया