गूगल म्यापले धोका दिँदा गयो १८ वर्षीय युवकको ज्यान !

काठमाडौं । सुन्दा अचम्म लाग्छ र विश्वास गर्न पनि गाह्रो हुन्छ । तर कतिपय घटना यथार्थ हुने गर्दछन् । यस्तै उउटा घटना अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

रूसको साइबेरियामा गूगल म्यापको एक गल्तीको कारण १८ वर्षीय एक युवकको ज्यान गएको छ । गूगल म्यापको एउटा सानो गल्तीका कारण १८ वर्षीय एक युवक र उनका साथी आफ्नो बाटो पत्ता लगाउन नासक्दा हाराउन पुगे ।

उनीहरु गूगल म्यापको माध्यमबाट गलत बाटोमा गए जहाँ राती माइनस ५० डिग्री सेल्सियस तापक्रम हुने स्थानमा पुगे र उनको मृत्यु भयो । दुबै जना थुप्रै दिनसम्म त्यहाँ फसेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाधयमका अनुसार, सर्गे उस्तीनोभ र वाल्दीस्लाभ इस्तोमिन साइबेरियाको पोर्ट अफ मेगाडन जाँदै थिए तर गूगल म्यापको सहयोगमा हिँडेको कारण उनीहरु गलत दिशामा पुगे ।

उनीहरु गलत नक्शा पछ्याउदै रोड अफ बोन्स पुगे जहाँ रातीको समयमा निकै खतरनाक मानिन्छ किनभने त्यहाँको तापक्रम सामान्य भन्दा निकै कम हुन्छ ।

तयहाँको सडक हिउँले ढाकिएको थियो र जाडो बढेको कारण रेडियेटरले पनि काम गर्न सकेन ।

ती युवकहरुलाई धेरै चिसो मौसममा कसरी बाँच्ने भन्ने ज्ञान थिएन र एक जनाको चिसोमा शरीर जमेर मृत्यु भयो भने अर्का युवकको हात खुट्टामा हिउँले खाएको कारण काट्नुपर्ने अवस्थामा छ ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?