काठमाडौं – हामीमध्ये धेरैको रोजाईमा पर्छ – जिन्स पाईन्ट ।
तर के तपाईले त्यो पाईन्टमा भएको फस्नर (जीपर) मा लेखिएको अक्षर पढ्नुभएको छ ? जिन्स पाइन्ट लगाउने अधिकांशको फस्नर (जीपर)मा लेखिएको उक्त शब्दको बारेमा आज हामी तपाईंलाई जानकारी दिँदैछौँ ।
प्राय जीन्स पाईन्टमा राखिएको जीपरमा लेखिएको हुन्छ – ‘YKK’ ‘YKK’
‘YKK’ को अर्थ Yoshida Kogyo Kabushikigaisha हो । सन् १९३४ मा जापानको टोकियोका एक ब्यापारी टाडाओ योशीदाले यसको आविष्कार गरेका थिए ।
‘यो विश्वकै पहिलो फस्नर जीप निर्माता कम्पनिको नाम हो । अहिलेपनि विश्वभरको लगभग आधाभन्दा बढी फस्नर जीपको निर्माण यसै कम्पनिले गर्दछ ।’ भनिन्छ ।
जानकारी अनुसार अहिले यो कम्पनीले विश्वका ७१ देशमा आफ्नो कारोबार गर्ने गर्दछ ।
वाइकेकेले अहिले विश्वभर कपडा र ब्यागमा लाग्ने अन्य धेरै प्रकारका उत्पादन गर्ने गर्दछ ।
यो कम्पनिको एउटा ठूलो प्लान्ट अमेरिकाको गार्जियामा रहेको छ ।
यो कम्पनिले हरेक दिन ७० लाख जिप बनाउने अनुमान गरिएको छ । (एजेन्सीको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया