काठमाडौं । बर्जर पेन्ट्टले हालै मात्र सबै प्रकारका वाटरप्रुफिङ्ग सम्बद्ध समस्याहरुलाई निराकरण गर्न होम सील्ड डिभिजन अन्तर्गत सम्पूर्ण वाटरप्रुफिङ्ग उत्पादनहरु बजारमा ल्याएको छ ।
हाल, बर्जर बिक्री स्थलहरुमा पियु कोट, ड्याम्प सील्ड इलास्टो, एडभान्स्ड लेटेक्स प्लस, सिमेन्ट मिक्स प्लस र टायल क्लिनर उत्पादनहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी केही महिनाभित्रमै होम सील्ड ब्राण्ड अन्तर्गत केही नयाँ उत्पादनहरु उपलब्ध गराउने योजना बनाएको जानकारी गराएको छ । यी उत्पादनहरु नयाँ निर्माण तथा पुराना मर्मत कार्यमा समेत प्रयोग गर्न मिल्नेछन् ।
पियु कोट पोलियुरेथेनमा आधारित एक वातावरण–मैत्री घोलको वाटरप्रुफिङ्ग समिश्रण हो । सिमेन्ट लगाइएका सतहहरुमा अधिक तन्काई र युभि प्रतिरक्षक झिल्ली निर्माण गरी यसले पानीलाई भित्र पस्नबाट रोक्दछ, ओस लाग्न दिदैंन र संरचनालाई प्रतिकूल मौसमी अवस्थाहरुबाट संरक्षण गरेर थप हानी हुनबाट रोक्ने कम्पनीको दाबी रहेको छ ।
यो उत्पादनमा १० वर्षे कार्यक्षमताका आधारमा वारेन्टी दिइएको छ । अर्को उत्पादन ड्याम्प सील्ड इलास्टो एक पोलियुरेथेन परिमार्जित इलास्टोमेरिक घोल पदार्थ प्रयोग गरिएको वाटरप्रुफिङ्ग झिल्ली हो, जुन ६ वर्षे कार्यक्षमताको वारेन्टीसहित सिन्थेटिक फाइबरसँग मिसाइएको छ ।
यी ब्राण्डहरु जल विकर्षक गुणहरु, मजबुत टँसाई, अधिकतम तन्काई (३५०% सम्म) र २ मिमिसम्मका चर्केको सतहलाई छोप्ने विशेषताहरुका साथ उपलब्ध छन् ।
यसै विषयमा कुराकानी गर्दै कम्पनीका प्रमुख संचालन अधिकृत सत्य प्रकाशले भने, “छत र भित्ताहरुको सुरक्षा नगरी त्यत्तिकै छाडिदिंदा त्यसबाट चर्किने, पानी रसाउने, र ओस लाग्ने जस्ता समस्याहरु आउँछन भन्ने तथ्यबाट उपभोक्ताहरु अन्जान भएको कारण त्यसले भविष्यमा गएर वाटरप्रुफिङ्ग एक ठूलो समस्या बन्न जान्छ र उपभोक्ताहरुले सामना गरेको यसप्रकारका समस्याहरुको निराकरण गर्न अब बर्जर होम सील्डका यी उत्पादनहरु उपयोगी हुनेछन् ।”
कम्पनीले १० वर्षसम्मको लागि पानी रसाउने सम्बन्धी यस्ता समस्याहरुबाट घर र संरचनाहरु सुरक्षित हुने दाबी गरेको छ । बर्जर होम सील्ड डिभिजनको प्रस्तुती कम्पनीको नवीनतम खोज र उपभोक्ताहरुलाई आफ्नो घरको सुन्दरता बढाउनमात्र नभई ती घरलाई लामो समयसम्म सुरक्षित राख्ने प्रतिबद्धताको निरन्तरता रहेको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया