काठमाडौं । जाडो मौसम शुरु भएसँगै छाला सम्बन्धी समस्याहरु पनि आउँछ । छाला सुख्खा हुनु मुख्य समस्या हो, जाडो मौसममा । यतिबेला सुख्खा हावा चल्ने भएकोले छालामा भएको सबै चिल्लो सोस्छ । यसकारण छाला सुख्खा, खस्रो देखिन्छ । यस्तोमा हामी सुख्खा छालाबाट छुटकारा पाउनको लागि विभिन्न सौन्दर्य प्रसाधनको प्रयोग गर्ने गर्छौ ।
ति महंगा प्रसाधनमा प्रयोग हुने विभिन्न केमिकलले हाम्रो छालालाई फाइदा भन्दा नोक्सान गर्छ । केमिकलयुक्त प्रसाधनको प्रयोग गर्नु भन्दा हाम्रो भान्सामा नै भएको कुराबाट छालालाई जाडोमा नरम, मुलायम र चम्किलो बनाउन सकिन्छ ।
१. नरिवलको तेल
छाला नरम र मुलायम बनाई राख्नका लागि नरिवलको तेलले मालिस गर्दा फाइदा गर्छ । यसले छालाको सुख्खापन हटाउँछ । नियमित नरिवलको तेलले मालिस गर्दा रक्त सञ्चार राम्रो हुन्छ, साथै छालाको रङमा पनि निखार आउँछ ।
२. बेसन र तेल
बेसन, तेल, गँहुको चोकर र दुधको तर मिसाएर लेप बनाउने । अनुहारमा तलदेखि माथितिर लगाउने र १५ मिनेट त्यतीकै छाड्ने । त्यसपछि विस्तारै पानीले भिजाएर हल्का औलाको सहायताले माड्ने र मनतातो पानीले पखाल्ने । जाडोमा साबुनको प्रयोग गर्नबाट बच्नुपर्छ ।
३.जाडोमा प्याक
जाडोमा छालाको नरमपन कायम राख्नको लागि १ चम्चा मह, २ ठूलो चम्चा मिल्क पाउडर र एउटा अण्डाको पहेँलो भाग मिलाएर अनुहारमा २० मिनेट राख्ने । सुकि सकेपछि मनतातो पानीले धुने ।
४. छाला मुलायम राख्नको लागि
छालाको नरमपन कायम राख्नको लागि डाइटमा बदाम, दुध, पनिर र घिउ सामिल गर्नुहोस् । दैनिक ६ देखि ८ गिलास पानी खानुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया