हेर्नुहोस् २०७७ साल मंसिर २९ गतेको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल मंसिर २९ गते । सोमबार । इ.स।२०२० डिसेम्बर १४ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । मंसिर कृष्णपक्ष । तिथी– औशी,२२ बजेर १२ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–ज्येष्ठा,२४ बजेर ३३ मिनेट उप्रान्त मूल । योग– शूल,२६ बजेर ३५ मिनेट उप्रान्त गंड । करण–चतुष्पद,११ बजेर ११ मिनेट उप्रान्त नाग,२२ बजेर १२ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–बृश्चिक,२४ बजेर ३३ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेटमा, सूर्यास्त १७ बजेर ०८ मिनेटमा । दिनमान २५ घडी ५२ पला । दर्शश्राद्ध। सोमबारे औंसी। स्नान–दान गर्ने, हलो र निशि बार्ने औंसी।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ, ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बाणी काम बाकी रहनेछ भने शरिर स्वस्थ नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथि भेटिनेछ । व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पति तथा विलाशी वस्तु उपाहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दुरिको यात्रा हुनेछ । परिवारका साथ रमाईलो जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाइ लेखाइमा कमजोर नतिजा आउने हुनाले ईष्टमित्र भन्दा पछि परिनेछ । समय तथा प्रविधीको गतिलाई पछ्याउन नसक्दा प्रतिस्पर्धी हरु नै हावी हुनेछन् । खानपानमा ध्यान दिनुहोला पेट सम्वन्धी समस्या आउँन सक्छ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । प्रेममा अविस्वास सिर्जना हुनेछ ।

सिंह  (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनीति तथा सामाजिक काममा समय दिएपनि न्यून उपलव्धिमा चित्त बुझाउनु पर्नेछ । व्यापार व्यावसायमा भनेजस्तो नाफा नभएपनि कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि  परिनेछ । आमा तथा परिवारका सदस्यहरुसँग मनमुटाव सिर्जना हुनेछ । माया प्रेममा धोका हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरिको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाईबाट सहयोग पाईने हुनाले आट तथा शाहस गरी लगानि बढाउँन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । सकारात्मक सोचको माध्ययमबाट रुढिवादि परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यामबाट अन्धबिश्वासलाई चिर्दै समाज रुपान्तरण गर्नमा तपाईको सक्रिय  भूमिका रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बोलेको कुरा पुर्याउन नसक्दा आलोचनाको शिकार होईनेछ । छिटो बोल्दा वा निर्णय गर्दा परिस्थिती विग्रनेछ । अध्ययनमा समय दिन नसक्दा अरुभन्दा पछि  परिनेछ । प्रेममा मनमुटाव बढ्नेछ भने आफन्तसँग घरायसी कुरामा राय बाजिनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभावले सताउने तथा दैनिकी प्रभावित हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

नयाँनयाँ कामको प्रस्ताव आउँनेछ भने गरीरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ । खाजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । प्रेमील जोडिहरुका लागी समय उत्तम रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समय मध्ययम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछैन । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार ब्यबसाय फस्टाएर जानेछ । लामो दुरिको यात्रा हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पैत्रिक धन तथा सम्पतीको परिचालन मार्फन मनग्गे धन सम्पती जोड्न सकिनेछ । बैंक तथा बित्तिय क्षेत्रमा लगानी हुनेहरुका लागी कारोबारमा सुधार हुनेछ । बिद्यार्थीहरुका लागि समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेकोछ । पढाइ लेखाइमा भनजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अध्ययनमा मन जानेछ भने अध्ययनकै शिलशिलामा यात्रा हुनेछ । राज्यको मेकानिजम् भित्र बसेर काम गर्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने जागरी गर्नेहरुका लागी सयय उत्तम रहेकोछ । प्रेममा आफ्नो भावना साटासाट गर्ने वातावरण बन्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

शिक्षामा अलि बढी समय लगानी गर्दामात्र नतिजा हात पार्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा भएपनि बाटोमा दुख हुन सक्छ । व्यापार व्यावसायमा प्रशस्त समय दिएमात्र आम्दानी हुनेछ । घर परिवार तथा आफन्तको विश्वास गर्दा धोका पाईनेछ । माया प्रेममा विस्वासघात हुने सम्भावना रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्य सम्वन्धी समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?