काठमाडौं – मानिसहरुले भान्छामा प्रयोग हुने पुराना उपकरणहरु र एयर कन्डिसन गर्ने डिभाइसहरुलाई कसरी व्यवस्थित गर्दछन् त्यसैले पृथ्वीको जलवायुमा ठूलो प्रभाव परेको छ । अहिले आधुनिक जीवनशैली बाच्ने देखि लिएर खेती किसानी गर्ने सबै मानिस उपकरणहरुमा भर परेका छन् र मानिसले प्रयोग हुने सबै सामानहरु पनि उपकरणको माध्यमबाट बन्दछन् ।
फ्रिज बिना हामीले खानाको लागि सञ्चय गरेर राखेको सबै खाना नष्ट हुने गर्दछ, दुधलाई फ्रिजमा राखेन भने केहि समयमा नै फाट्ने, फुड पोइजनिङ हुने खतरा हुन्छ । आउँदो केहि महिनामा, कोरोना खोप सुरक्षित तरिकाले राख्नको लागि फ्रिजको महत्वपूर्ण योगदान रहेको छ ।
खोप अभियानको लागि चाहिने सबै खोपहरु फ्रिजको चिसोमा भण्डारण गरी राख्नुपर्ने हुन्छ । खोपको निर्माणदेखि त्यसलाई वितरण र लगाउने समय सम्म फ्रिजमा राख्नुपर्दछ ।
त्यस्तै अन्य थुप्रै जीवन बचाउने औषधि पनि फ्रिजमा राख्नुपर्दछ ,इन्सुलिन र एन्टिबायोटिक्सलाई काम नलाग्ने हुन नदिन र त्यसको प्रभावकारिता कायम राख्न फ्रिजको चिसोमा राख्नुपर्ने हुन्छ । विद्यालय, कार्यालय, सपिंग मल तथा घरमा रेफ्रिजिरेटरले एयर कन्डिसननिंगको लागि महत्वपुर्ण भूमिका खेलेको हुन्छ र यसले भवनमा मानिस जीवन सजिलो बनाउने काम गर्छ ।
चिसो बनाउने प्रणाली निकै महत्वपूर्ण छ तर यसले प्रदुषणमा ठुलो भूमिका खेलेको छ । विश्वव्यापी रुपमा १० प्रतिशत कार्बन फ्रिजले उत्सर्जन गर्दछ । यो एभियसन र हजाजले गर्ने कार्बन उत्सर्जन भन्दा तीन गुणा अधिक रहेको छ । पृथ्वीको जलवायुको तापक्रम बढ्दै गएको कारण चिसो बनाउने उपकरणहरुको माग बढ्दै गएको छ ।
विभिन्न देशहरुले जलवायु परिवर्तनको लागि गरेको पहल र चिसो बनाउने उपकरण जस्तै फ्रिजको व्यवस्थापन राम्रो संग नगरेको कारण आलोचना भोग्नु परेको छ । पछिल्लो तीन दशकमा विश्वका सरकार प्रमुखहरुले पृथ्वीको वातावरणमा नकारत्मक प्रभाव पार्ने केमिकल भन्दा पनि चिसो बनाउन प्राकृतिक उपाय तथा कम प्रदुषण गर्ने विकल्पतर्फ केन्द्रित भएका छन् ।
तर वातावरणविद्का अनुसार अन्तर्राष्ट्रिय रुपमा जलवायु परिवर्तनको बारेमा केहि योजना गर्नु निकै महत्वपूर्ण छ । प्रयोगकर्ताहरुले पनि उपकरण तथा सामानहरु खरिदगर्ने क्रममा कस्तो प्रकारको खरिद गर्ने र त्यो खराब भएपछि के गर्न मिल्छ भन्ने कुराको जानकारी लिनुपर्दछ ।
‘रेफ्रीजिरेटर तथा एयरकन्डिसननिङ’ युनिटहरुले गर्मीको समयमा थप उर्जा प्रयोग गर्दछन् । यस उपकरणमा बाहिर वातावरणको तापक्रम नियन्त्रण गर्ने रसायनिक पदार्थ प्रयोग गरिएको हुन्छ र यस्तो रसायन चिसो तरल पदार्थ बन्नुको साटो ग्यासको रुपमा परिवर्तन हुन्छ ।
जब रसायन तरल पदार्थमा पुन फर्किन्छ तब तिनीहरुले बाहिर तातो ग्यास बाहिर फाल्दछ । र भवनको बाहिर वा भित्र , पुन चिसो बनाउने प्रक्रियामा यस प्रक्रिया पुन दोहोरिन्छ । यस रसायनलाई इन्सुलेसन फोमको रुपमा पनि प्रयोग गरिन्छ जसलाई एरोसोल स्प्रे क्यनमा राखिएको हुन्छ ।
यसले वातावरणलाई कार्बनडाइअक्साइड भन्दा पनि ठुलो मात्रामा तातो बनाउने गर्छ , यो कार्बनडाइअक्साइड भन्दा ११ हजार सात सय गुणा बढी क्षमता भएको हुन्छ । प्रायजसो रेफ्रीजिरेटरमा क्लोरोफ्लोरो कार्बन को प्रयोग हुन्छ जसलाई सिएफसि भनिन्छ ।
तर जब ओजोन सतहमा सिएफसि भेटियो तब यसलाई पृथ्वीमा प्रयोग गर्न बन्द गर्ने अभियान चल्न थालियो । तर यसले कतिपय कम्पनीले दुईवटा रसायन प्रयोग गर्न थाले, हाइड्रोफ्लोरोकार्वन र हाइड्रोक्लोरोफोरो कार्बनको मिश्रण ९एचसिएफ० । यस फ्रिजले ओजोनमा रहेको सतहलाई केहि हानी गर्दैन तर यसले ग्रिन हाउस ग्यास भने ठुलो मात्रामा उत्सर्जन गर्दछ ।
सन् २०१६ मा एक सय ५० देशले किगाली सम्झौतामा हस्ताक्षर गरेका थिए जहाँ सन् २०४७ सम्ममा हाइड्रोफ्लोरो कार्बनको प्रयोगमा ८० प्रतिशतले कमि गरिनेछ । यदि यसो भएमा विश्वको औसत तापक्रम ०।४ डिग्री सेल्सियसले कम हुनेछ ।
हाइड्रोफ्लोरो कार्बन वातावरणमा २९ वर्ष सम्म रहन सक्छ र अहिले हटाउनुपर्ने आवश्यकता बढ्दै गएको छ । अन्तर्राष्ट्रिय उर्जा एजेन्सी (आईईए) को अनुसार एयर कन्डिसनिङको माग बढेको करण कम्पनीहरुले अत्याधिक मात्रामा यस रसायनको प्रयोग गर्दै आएका छन् ।
युरोपमा यस वर्ष तातो हावाको कारण अहिले सम्मको सबैभन्दा धेरै एयरकन्डिसनरको बिक्रि भएको छ । विश्वव्यापी रुपमा सन् २०५० सम्ममा एयर कन्डिसनरको संख्या ३.६ बिलियन बाट ९.५ बिलियन पुग्ने संयुक्त राष्ट्र वातावरण कार्यक्रमले जनाएको छ ।
अहिले यस उपकरणलाई किन्न सक्ने वा नसक्ने आर्थिक अवस्था भन्दापनि प्राय सबैको घरमा यसको आवश्यकता छ । सन् २०५० सम्ममा १४ मिलियन चिसो बनाउने उपकरणको आवश्यकता पर्दछ ।
जब मानिसहरुको आयमा वृद्धि हुन्छ तब उनिहरु सबै भन्दा पहिला चिसो बनाउने उपकरण, फ्रिज तथा एयर कन्डिसनर को खरिद गर्नेछन् । प्रायजसो ९० प्रतिशत कार्बन उत्सर्जन फ्रिज बिग्रिन लागेको अन्तिम अवस्थामा हुने गर्दछ ।
एयर कन्डिसनर भन्दा पनि घरलाई चिसो बनाउने थुप्रै उपायहरु छन् जस्तै पारम्परिक रुपमा पानिको फाउन्टेन राख्ने, हावा पास हुने डिजाइन गरि बनाइएको घर, झ्यालको नजिक माटाको पानिको भाँडा राख्ने जस्तो उपायले कोठाको तापक्रम केहि कम गर्न सकिन्छ ।
सन् २०२० र २०५० को बीचमा सय बिलियन गिगा टन कार्बन उत्सर्जन हुने र यो सबै रेफ्रिजिरेटरको कारण हुनेछ । घरायसी प्रयोगमा सबै भन्दा बढी पाइने कार्बन, एचएफसि – १३४ ए हो र एउटा सामान्य फ्रिजमा ०.०५ किलो देखि ०.२५ किलो सम्म राखिएको हुन्छ ।
यदि यो वातावरणमा लिक भयो भने यसले ६७५ किलो मिटर देखि तीन हजार ४२७ किलोमिटर सम्मको कार्बन उत्सर्जन गर्न सक्छ । पूराना फ्रिज, फ्रिजर तथा एयर कन्डिसनर फाल्न खोज्ने मानिसलाई अन्य विकल्प उपलब्ध हुनुपर्छ ।
जस्तै कि अमेरिकामा यस्तो पुरानो समान फाल्न वातवरण संरक्षण एजेन्सीबाट स्वीकृति लिनुपर्छ र यस्तो उपकरणका उत्पादकहरुले रिसाइकल गरि पुन प्रयोगमा ल्याउने छन् । वेलायतमा भने यस्तो उपकरणलाई प्राविधिकले आएर ग्यासको व्यवस्थापन गर्दछन् र बाँकी संरचनालाई नष्ट गरिन्छ ।
कतिपय देशमा यसबारेमा कुनै कडा नियम उपलब्ध छैन । प्रायजसो कि त घरपछाडी फालिएको हुन्छ वा कवाडखानामा हुन्छ । युरोपेली युनियनले सन् २०१४ मा एक नियम बनाएको थियो जसले एचएफसी को मुल्य बढ्यो । तर यसको गैरकानुनी रुपमा विश्वमा व्यापार बढ्दै गएको छ ।
आईईएको अनुसार, चीनबाट एचएफसी निर्यात गरेको तथ्यांकमा गडबडी देखियो र सन् २०१९ को मध्येमा ५४ टन एचसीएफ बरामद भएको थियो । कतिपय उत्पादकहरुले वातावरण(मैत्री चिसो बनाउने रसायन प्रयोग गर्न थालेका छन् जसलाई उनीहरुले जिरो वा लो कार्बन मिसनको नाम दिएका छन् ।
ठुला ब्राण्ड जस्तै कोकाकोला, पेप्सी र युनीलिभरले एचसीएफलाई पूर्ण प्रतिबन्ध लगाउने योजनामा रहेका छन् र यसको सट्टा एमोनिया र कार्बनडाइअक्साइड प्रयोग गरेका छन् । कोकाकोलाले आफ्नो भेन्डीङ्ग मेसिनमा एचसीएफको सट्टामा हाइड्रोकार्बन प्रोपेन प्रयोग गर्न थालेको छ ।
सन् २०१५ मा युरोपेली संघले नयाँ कानून लागु गरेपछि युरोपमा एचसीएफको सट्टामा फ्रिजमा कार्बनडाइअक्साइड प्रयोग हुँदै आएको छ । सुरक्षाको हिसाबले एमोनिया निकै बिसालु रसायन हो भने हाइड्रोप्रोपेन छिट्टै आगलागी हुन सक्छ तर यसलाई फ्रिजमा सिल गर्नलाई केहि रसायनिक तत्व प्रयोग गरिएको हुन्छ ।
कतिपय राष्ट्रहरुले कुन उपकरणमा कस्तो रासायनिक पदार्थ राखिएको छ, त्यसको पनि लेबल राख्न थालेका छन् जसले गर्दा उपभोक्ताले चाहे वातावरण मैत्री फ्रिज वा एयर कन्डिसनर खरिद गर्ने विकल्प हुन्छ । हाइड्रोफ्लोरो कर्बनको प्रयोग भान्छा तथा एयर कन्डिसनरमा प्रयोग भएको कारण मानिसहरुको गर्मिमा चिसोको आनन्द लिने चाहनाले पृथ्वीलाई झन् तातो बनाईरहेको छ । (बीबीसीको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया