चाणक्य नीति : यी चार कुराबाट टाढा रहनुहोस् !

काठमाडौं – तपाईले चाणक्य नीतिको बारेमा सुन्नु भएकै होला । कतिपय कुरा आफ्नै जीवनको लागि समेत प्रयोग गर्नुभएको होला ।

मौर्यकालका महान् आचार्य चाणक्यको नीति ग्रन्थ हो – चाणक्य नीति ।

यो ग्रन्थमा मानव कल्याणका लागि सरल र एकदमै व्यवहारिक सुझावहरु दिइएको छ ।

यी सुझावहरु मनन गर्ने हो भने जीवन सरल सुखी र खुसी हुन्छ ।

अति नै घतलाग्दा उत्प्रेरणा दिने खालका यी नीतिमा दिइएका ४ कुराहरु आज हामी तपाईलाई जानकारी गराउँदैछौँ ।

श्लोक शुत्रात्मक शैलीमा संस्कृत भाषामा लेखिएका छन् ।

आचार्य चाणक्यले आफ्नो नीति शास्त्रमा एउटा श्लोक लेखेका छन् जसमा चरित्रहिन स्त्री, कपटी मित्र, जवाफ फर्काउने नोकर र साँप बस्ने घरबाट सधैँ टाढा रहन सुझाव दिएका छन् ।

श्लोक यस्तो छ  :

दुष्टा भार्या शंठ मित्रं भृत्यश्चोत्तरदायकः।
स सर्पे च गृहे बासो मृत्युरेव न संशयः।।

श्लोकको अर्थ : (दुष्ट स्वभाव, कडा बोलीचाली, खराब चरित्र भएको स्त्री, निच र कपटी मित्र, जवाफ फर्काउने नोकर र सर्प बस्ने घर ) यी चार कुराबाटै मृत्यु बराबरको कष्ट हुनेछ ।

आचार्य चाणक्यको भनाईलाई मान्ने हो भने  :

  1. जुन स्त्रीको चरित्र ठिक छैन जसको स्वभाव दुष्ट छ, अरुको इर्स्या गर्ने, सकेसम्म दुख दिने, हानी पुर्‍याउने खालको छ भने त्यस्ता स्त्रीहरुबाट सदैव सबैजना टाढा रहनुपर्छ । यस्ता स्त्रीहरुले स्वर्गजस्तो घरलाई नर्क बनाइदिन्छन् ।

2. मित्रताको सम्बन्ध भावनाको आधारमा टिकेको हुन्छ । जसकारण तपाई आफ्नो आँखा बन्द गरेर माया गर्नुहुन्छ । गोप्य कुराहरु पनि साझा गर्नुहुन्छ । तर तपाईका मित्र कपटी र जाली छन् भने त्यो व्याक्ति भन्दा ठूलो शत्रु तपाईको जीवनमा अरु कोही पनि हुनसक्दैन ।

3. यदी तपाईले घरमा काम गर्ने मानिस राख्नुभएको छ र त्यो मानिस तपाईको शब्दमा जवाफ फर्काउँछ मालिकलाई सम्मान दिदैँन । पाहुना आउँदा रिसाउँछ वा सवालजवाफ गर्छ भने त्यस्ता काम गर्न राखेका मानिस हटाउन श्रेयकर हुन्छ । यस्ता मानिसले जुनसुकै समय तपाईलाई हानी पुर्‍याउनुसक्छ । सचेत हुनुहोस् ।

4. जुन घरमा अक्सर सर्प फेला पर्छ । त्यस्तो घरमा सर्पदंशको कारण मृत्युको भय हुन्छ । त्यसको घर तुरुन्त छोड्नुपर्छ । उखानै छ – ‘दुध नै खुवाएपनि सर्पले विष ओकल्छ ।’ त्यसकारण सर्पको बाक्लो आउजाउ हुने ठाउँमा बसोबास राम्रो हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?