यी खानेकुरा : जसलाई फ्रिजमा राख्नुहुँदैन !

काठमाडौं – तपाईको घरमा भएको फ्रिजमा के – के खानेकुरा राख्ने गर्नुभएको छ ? केहि समयको लागि पनि तरकारी बजारमा धाउन पर्दैन भनेर किनेर ल्याएको तरकारी, सागपात, माछामासु वा फलफूल फ्रिजमा राख्ने बानी गर्नुभएको छ भने होसीयार !आज लोकपथ डटकमले केहि त्यस्ता खानेकुरा जुन फ्रिजमा राख्न नहुनेबारे जानकारी दिँदैछ ।

के हुन् ति खानेकुरा जुन फ्रिजमा राख्नुहुँदैन? 

 गोलभेडा – गोलभेँडालाई फ्रिजमा राख्यो भने भित्रको मेम्ब्रेन फुट्छ, गोलभेँडा गल्दै जान्छ र चाँडै बिग्रिन्छ । यदी फ्रिजमा राख्न परेको अवस्थामा प्लाष्टिककमा राखेर मात्रै राख्नुहोस् ।

हरियो साग–सब्जी – हरिया सागसब्जीलाई फ्रिजमा राखेमा चाँडै पात सुक्ने हुन्छ । र यो एकदमै वेस्वादको बन्न पुग्छ ।

प्याज – प्याजलाई फ्रिज बाहिर राख्नु नै उपयुक्त मानिन्छ । फ्रिजमा चाँडै बिग्रने हुन्छ ।

 ब्रेड पाउरोटी – फ्रिजमा ब्रेड राख्नाले चिसोका कारण डिहाइड्रोसनको मात्रा बढ्छ । ब्रेड सुख्खा हुन्छ र चाँडै खराब हुन्छ । त्यसैले कहिले पनि

अन्डा – धेरै दिनसम्म अन्डालाई फ्रिजमा कैद गर्नु हुन्न ।

केरा – केरामा हुने इथाइलीन निस्कन्छ र वरपर रहेको फलफूललाई पनि चाँडै पकाउँछ ।

सुन्तला वा कागती – यी फलमा पाइने साइट्रिक एसिडले फ्रिजको चिसोलाई सहन सक्दैन ।

मह – लामो समयसम्म फ्रिजमा मह राखेमा क्रिस्टल बन्न थाल्छन् ।

स्याउ – स्याउमा पाइने इन्जाइम्स सक्रिय भई चाँडै पाक्ने र बिग्रने हुन्छ । यदि राख्नै पर्ने भयो भने पनि कागजले बेरेर मात्रै फ्रिजमा राख्नुपर्छ ।

कफि पाउडर – कफि पाउडरलाई फ्रिजमा राखेमा बास्ना हराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?