अनलाइन सेवा विस्तार गर्न प्राइम लाइफ र एनसिएचएलबीच सम्झौता

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको बीमा शुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि अनलाइन सेवाको विस्तार गरेको छ ।

कम्पनीले सोमवार एक समारोहकाबीच नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) सँग कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस लगायतको सेवाको लागि सम्झौता गरेको हो ।

उक्त सम्झौतामा प्राइम लाइफका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइ तथा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) का तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

यो सेवासँगै अब बीमितहरुले घरमै बसि बीमाशुल्क लगायतको भूक्तानी गर्न सक्नेछन भने अन्य सम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमा आउनु नपर्ने भएको छ ।

बैंकका अनुसार ग्राहकहरुलाई छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले थप सुविधा स्वरुप घरमै बसि सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने भएका छन ।

ग्राहकमैत्री सेवामा जोड दिँदै आइरहेको कम्पनीले यो सेवा सँगै ग्राहकहरुमा थप सन्तुष्टि बढ्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

कम्पनीका ग्राहकहरुले इसेवा, फोनपे, खल्ति जस्ता एप्सबाट समेत घरमै बसि अनलाइन सेवा मार्फत बीमाशुल्क लगायतको भुक्तानी गरिरहेकोमा कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस मार्फत समेत बीमाशुल्क भुक्तानी गर्न सक्ने सुविधा थपिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत भट्टराइले हालको विषम परिस्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन सकिने जानकारी गराउँदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने अवगत गराए ।

कम्पनीले देशभरमा विभिन्न १५० भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?