काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा क्षमा पुजा गरेकी छिन् ।
कोरोना महामारीका कारण झन्डै ८ महिनादेखि बन्द पशुपतिनाथमा आज (मंगलवार) बिहान क्षमा पूजा गरिएको हो ।
लामो समयसम्म मन्दिर बन्द गर्नु परेका कारण क्षमा माग्न क्षमा पूजाको आयोजना गरिएको हो ।
पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट पस्ने र निस्किने गरी दर्शनको व्यवस्था मिलाइएको छ। भक्तजनले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने छ। मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र स्वास्थ्य सुरक्षाका नियम अपनाउनुपर्ने छ ।
यद्यपी अहिले नै मन्दिरभित्र विशेष पूजा, भजनलगायत क्रियाकलाप भने गर्न नपाइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया