मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मेष राशि हुनेहरुका लागि सूर्य भाग्य भावमा,बुध पौष १८ गतेसम्म भाग्य भावमा र पौष १९ गतेबाट राज्यभावमा । शुक्र १९ गतेसम्म कष्टभावमा र २० गतेबाट भाग्य भावमा । बृहस्पती र शनि राज्य भावमा । मंगल पौष १४ गतेसम्म खर्च भावमा र १५ गतेबाट राशिमा । राहु धन भावमा र केतु कष्ट भावमा गोचर गरिहेका छन् ।
भाग्य भावमा महिनाभर नै गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावको कारणले घर गृहस्थीमा व्यवहारिक कुरा नमिल्दा केही असहज परिस्थितिको सिर्जना नहोला भन्न सकिन्न । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत व्यापारमा वृद्धि भएपनि अन्य व्यापारमा मन्दी आउनेछ । श्वासप्रश्वास,आँखा,टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरुले बिषेश ख्याल गर्नुहोला ।
तरपनि संघर्षका बावजुद,राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि राज्यबाट पद प्राप्तीको योग रहेको छ । सरकारी जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठूलाबढा तथा विशिष्ट व्यक्तिहरुको आशिर्वाद पाईने हुँदा मन प्रशन्न हुनेछ ।
बृहस्पती तथा शुक्र र अन्य ग्रहको अनुकुल प्रभावले गीतकार,संगीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरुका लागि समय फलदायी रहनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि महिना मिश्रित रहेको छ । आफन्त तथा दाजुभाईको सहयोग रहनेछ भने छोटो दुरिको रमाईलो यात्राको तय हुनेछ । बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन लाभ हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत् आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
वृष राशि हुनेहरुका लागि सूर्य कष्ट भावमा,बुध पौष १८ गतेसम्म कष्ट भावमा र पौष १९ गतेबाट भाग्यभावमा । शुक्र १९ गतेसम्म व्यापार भावमा र २० गतेबाट कष्ट भावमा । बृहस्पती र शनि भाग्य भावमा । मंगल पौष १४ गतेसम्म लाभ भावमा र १५ गतेबाट खर्चभावमा । राहु राशिमा र केतु व्यापार भावमा गोचर गरिहेका छन् ।
महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले राजनीति तथा समाजसेवामा तपाईको उपस्थिती कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझावलाई बेवास्ता गर्दा दुःख पाईनेछ ।
स्थाई सम्पतीमा बिवाद आउने योग रहेको छ भने दिदि बहिनी तथा आफन्तसँग अनावश्यक बिवाद हुनेछ । घर परिवारका आफन्तको स्वास्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । श्वासप्रश्वास,आँखा,टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरुले बिषेश ख्याल गर्नुहोला ।
तर पनि बृहस्पती,शनि तथा अरु ग्रहको अनुकुल प्रभाव रहनाले व्यापार व्यवसाय फस्टाएर जानेछ । मेहनेत गर्दा पढाई लेखाईमा नतिजा तपाईको हातमा पर्नेछ । नसोचेको धन तथा भौतिक सम्पत्ती प्राप्त हुनेछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पत्तीको प्रयोग गरिचालन मार्फत् मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन,बैंक तथा वित्तिय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ ।
कमर्श,वकालत, मन्त्रि, प्रशासनिक तथा सरकारी क्षेत्रबाट बिषेश फाईदा हुनेछ । फिल्म, मोडलिङ, फेसन डिजाईनिङ, गल्यामरस जस्ता क्षेत्रमा प्रगती गर्ने तथा बिलाशी जीवन व्यतित हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मिथुन राशि हुनेहरुका लागि सूर्य व्यापार भावमा,बुध पौष १८ गतेसम्म व्यापार भावमा र पौष १९ गतेबाट कष्टभावमा । शुक्र १९ गतेसम्म प्रतिस्पर्धा भावमा र २० गतेबाट व्यापार भावमा । बृहस्पती र शनि कष्ट भावमा । मंगल पौष १४ गतेसम्म राज्य भावमा र १५ गतेबाट लाभ भावमा । राहु खर्च र केतु प्रतिस्पर्धा भावमा गोचर गरिहेका छन् ।
महिनाभर नै व्यापार भावमा गोचर गर्ने कमजोर सूर्यले राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार तथा जीवन साथीसँग राय बाजिनेछ । साझेदारी व्यावसायमा लगानी गर्नेहरुका लागि यो महिना साझेदारहरुबीच मनमुटाब बढ्ने योग रहेको छ । शनिको अढैया प्रभाव पनि रहने हुनाले घर परिवार, आफ्नो वा आफन्तको स्वास्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । श्वासप्रश्वास,आँखा,टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेकोछ । दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरुले बिषेश ख्याल गर्नुहोला ।
तर पनि अन्य ग्रहको अनुकुल प्रभावले थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवश्इकताहरु पूरा गर्न सकिने हुनाले मन प्रशन्न रहनेछ । छोटो वा लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ तथा मांगलिक सभा समारोहमा आफन्त तथा साथिहरुसँग सहभागि भई मिठा परिकार खाँदै रमाईलो गफ गरेर महिना कटाउन सकिनेछ । अग्रज तथा आफन्तको आशिर्वादले अगाडि बढ्न प्रोत्साहन गर्नेछ । पढाई लेखाई सुधार भएर जानेछ भने कुनैपनी प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिनेछ । अग्रज तथा आफन्तबाट आशिर्वाद प्राप्त हुनेछ ।
सञ्चार जगतमा,ईन्फर्मेसन टेक्नोलोजी, सफ्टवेयर डिजाईनिङ,स्टक एक्चञ्ज,चार्टर अकाउन्टेण्ट,व्यापार,हास्य व्याङ्ग्य कलाकार,लेखक,साहित्यकार,राजदूत तथा चलचित्र क्षेत्रमा काम गर्नेहरुका लागि यो महिना उत्तम रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कर्कट राशि हुनेहरुका लागि सूर्य प्रतिस्पर्धा भावमा,बुध पौष १८ गतेसम्म प्रतिस्पर्धा भावमा र पौष १९ गतेबाट व्यापार भावमा । शुक्र १९ गतेसम्म बिद्या भावमा र २० गतेबाट प्रतिस्पर्धा भावमा । बृहस्पती र शनि व्यापार भावमा । मंगल पौष १४ गतेसम्म भाग्य भावमा र १५ गतेबाट राज्य भावमा । राहु लाभ र केतु विद्या भावमा गोचर गरिहेका छन् ।
छैटौँ भावमा महिनाभर नै गोचर गर्ने सूर्यले शाहशी काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरु पनि सहयोगी बन्नेछन् । नोकरिमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । अदालत तथा न्यायालयबाट हुने निर्णयहरु तपाईँकै पक्षमा आउने हुँदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तीको योग रहेको छ । माता पिता तथा आफन्तबाट आशिर्वाद पाईनेछ ।
बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् । थाति रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउनेछ ।
पढाई लेखाईमा प्रविधिको प्रयोग गरि अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेको छ भने छुट्टिएका प्रेम सम्बन्धहरु पुनर्मिलन हुने प्रशस्त सम्भावा रहेको छ । खनिज पदार्थ,खाद्यान्न, औषधि तथा निर्माण सामाग्रीको व्यापार फस्टाएर जानेछ । पानीसँग सम्बन्धित काम जस्तै जलसेना,हाइड्रो ईन्जिनियर, पौडिबाज,तेल प्रसोधन, खेतिपाति, पशुपालन,कृषि, डेयरी प्रोडक्सन तथा प्रसासनिक क्षेत्रमा यो महिना काम गर्नेहरुका लागि समय उत्तम रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सिंह राशि हुनेहरुका लागी सूर्य विद्या भावमा,बुध पौष १८ गतेसम्म विद्या भावमा र पौष १९ गतेबाट प्रतिस्पर्धा भावमा । शुक्र १९ गतेसम्म सुख भावमा र २० गतेबाट बिद्या भावमा । बृहस्पती र शनि प्रतिस्पर्धा भावमा । मंगल पौष १४ गतेसम्म कष्ट भावमा र १५ गतेबाट भाग्य भावमा । राहु राज्य र केतु शुख भावमा गोचर गरिहेका छन् ।
सन्तान तथा बिद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाव बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिएपनि प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । शेयर बजार तथा आर्थिक क्षेत्रमा गरिएको लगानी खस्केर जानेछ । पेट,आँखा तथा टाउकोमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । दिर्घरोगि जस्तै सुगर,प्रेसर र मुटु सम्बन्धी समस्या भएकाहरुका लागि महिना मध्यम रहेको छ ।
तर पनि महिनाभर नै बुध,शुक्र,मंगल र बृहस्पतिको प्रभाव भने अनुकुल हुनेछ । अग्रज तथा आफन्तबाट टिका तथा आशिर्वाद पाईनेछ । राज्य संयन्त्रको नजिक जस्तै निजामती,फौजि तथा सस्थानमा र प्राईबेट कम्पनिहरुका काम गर्नेहरका लागी समयले साथ दिनेछ । लेखन कलाको माध्ययमबाट आफ्नो विचारहरु जनमानसमा लैजान सकिनेछ ।
भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेहरुले मनग्गे धन सम्पत्ती जोड्न सक्नेछन् । उपहार तथा चिठ्ठा प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन तथा कामको सिलसिलामा लामो दुरिको यात्राको तय हुनेछ ।
प्रशासनिक कार्य,सेना,प्रहरी,गुप्तचर,सुरक्षा सँगठन,उद्योग, व्यवस्थापन, मेडिकल, राजनीति, प्यारामेडिकल क्षेत्र, रिसर्च,अध्यात्म, ज्योतिष जस्ता क्षेत्रमा यो महिना राम्रो प्रगती हुनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
कन्या राशि हुनेहरुका लागि सूर्य सुख भावमा,बुध पौष १८ गतेसम्म सुख भावमा र पौष १९ गतेबाट विद्या भावमा । शुक्र १९ गतेसम्म पराक्रम भावमा र २० गतेबाट शुख भावमा । बृहस्पती र शनि बिद्या भावमा । मंगल पौष १४ गतेसम्म व्यापार भावमा र १५ गतेबाट कष्ट भावमा । राहु भाग्य र केतु पराक्रम भावमा गोचर गरिहेका छन् ।
सुख भावमा महिनाभर सूर्यको प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मिहेनत गर्नुपर्ने भएकोले राजनीतिकर्मि,समाजसेवी तथा घर जग्गाको कारोबार गर्ने व्यापारीहरुका लागि समय मध्यम रहेको छ ।
आफ्नो वा आमाको स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला । तर पनि महिनाभर नै बुध,शुक्र तथा मंगलको प्रभाव भने अनुकुल हुनेछ । प्राकृतिक स्रोत र पैत्रिक धन तथा सम्पत्तीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । लेखन कलाको माध्यमबाट आफ्नो बिचारहरु जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेहरुका लागि मनग्गे धन सम्पत्ती जोड्न सकिने समय रहेकोछ । बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धीत कारोबार केही मात्रामा फस्टाएर जानेछ ।
विद्या भावमा गोचर बृहस्पती र शनिको गोचर शुभ रहने हुनाले औषधीजन्य तथा खाद्यान्न र निर्माण सामाग्रीसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा उल्लेख्य वृद्धि हुनेछ । बैक तथा वित्तिय क्षेत्र र शिक्षा क्षेत्रबाट लाभ लिन सकिनेछ ।
व्यापार व्यवसाय,बाणिज्य,लेखन,कला साहित्य तथा सबै खाले प्राविधिक पेशामा कन्या रासि भएका व्यक्तिहरुले आफुलाई स्थापित गर्दछन् । साथै कम्यूनिकेशन,अफिसर, वकील, राजनीतिक सल्लाहकार, शिक्षक, प्राध्यापक आदि पेशा व्यवसायमा सफल हुने समय रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
तुला राशि हुनेहरुका लागि सूर्य पराक्रम भावमा,बुध पौष १८ गतेसम्म पराक्रम भावमा र पौष १९ गतेबाट शुख भावमा । शुक्र १९ गतेसम्म धन भावमा र २० गतेबाट पराक्रम भावमा । बृहस्पती र शनि शुख भावमा । मंगल पौष १४ गतेसम्म प्रतिस्पर्धा भावमा र १५ गतेबाट व्यापार भावमा । राहु कष्ट र केतु धन भावमा गोचर गरिहेका छन् ।
सिंह राशि भएका व्यक्तिहरुका लागि यो महिना समय उत्तम रहेको छ । खेलाडी तथा पराक्रमी क्रियाकलापमा समय लगानी गर्नेहरुले प्रशस्त धन तथा सम्पत्ती संग्रह गर्नेछन् । मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् ।
राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मि तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । अन्धबिश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपूर्ण भमिका निर्वाह गर्नेछ । आफन्त तथा अग्रजबाट आशिर्वाद प्राप्त हुनेछ ।
विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जीवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरुलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराएर अगाडी बढ्न सकिनेछ । माया प्रेमका सम्बन्धहरु विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । तरपनि महिनाभर नै शनिको अढैयाको प्रभाप रहने हुनाले सवारी साधन तथा माटोसम्बन्धी काम गर्दा ख्याल गर्नुहोला । रुपैया पैसा डुब्ने र सवारि साधनको प्रयोग गर्दा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।
कूटननीति, परराष्ट्र,राजनीति,राजदुत वा यस्तै कार्यमा आफूलाई अब्बल साबित गर्दछन् । त्यसैगरि स्पेश ईन्जिनियर,खगोल विज्ञान,जिनेटिक ईन्जिनियर,कपडा,कागज,प्रेस तथा मिडिया जस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित गर्न सकिने सयम रहेको छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
वृश्चिक राशि हुनेहरुका लागि सूर्य धन भावमा,बुध पौष १८ गतेसम्म धन भावमा र पौष १९ गतेबाट पराक्रम भावमा । शुक्र १९ गतेसम्म राशिमा र २० गतेबाट धन भावमा । बृहस्पति र शनि पराक्रम भावमा । मंगल पौष १४ गतेसम्म बिद्या भावमा र १५ गतेबाट प्रतिस्पर्धा भावमा । राहु व्यापार र केतु राशिमा गोचर गरिहेका छन् ।
दोस्रो भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले आउने अवसरहरुलाई पहिचान गर्न नसक्दा उपलब्धी हातबाट फुत्किनेछ । धनसम्पत्ती हराउने,लुटिने तथा स्थाई सम्पतिमा बिवाद हुन सक्छ ध्यान दिनुहोला । टाउको,आँखा तथा पेट तथा छात्ती सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । होटल तथा रेष्टुरेन्टको क्षेत्रमा मन्दि आउनेछ ।
तर पनि बुध,शुक्र र मंगलको अनुकुल प्रभावले साहित्य लेखन तथा संगीतको क्षेत्रमा निखारता आउने तथा बिशेष उपलब्धी हासिल हुनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधीश,अधिवक्ता तथा नोकरिमा प्रतिस्पर्धा गर्नेहरुका लागि समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ ।
बृहस्पती तथा शनिको प्रभावले उत्पादनमूखी तथा औषधीजन्य सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । परराष्ट्र तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिनेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने गतिलो सम्भावना रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय उत्तम रहेको छ । माया प्रेममा मनमुटाब सिर्जना भएपनि अन्तत एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिनेछ ।
जो व्यक्तिहरु कबि, दार्शनिक, लेखक, समालोचक, विचारक तथा गुप्तचर,आयात, अनुसन्धान,केमिकल,रिसर्च, एक्सप्लोरिङ, जीवविज्ञान तथा समुन्द्रसँग सम्बन्धित काम गर्नेहरुका लागि यो महिना उत्तम रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धनु राशि हुनेहरुका लागि सूर्य राशिमा,बुध पौष १८ गतेसम्म राशिमा र पौष १९ गतेबाट धन भावमा । शुक्र १९ गतेसम्म खर्च र २० गतेबाट राशिमा । बृहस्पती र शनि धन भावमा । मंगल पौष १४ गतेसम्म शुख भावमा र १५ गतेबाट विद्या भावमा । राहु प्रतिस्पर्धा र केतु खर्च भावमा गोचर गरिहेका छन् ।
यो महिना खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरुसँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेको छ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला ।
स्वास्थ्यमा विशेष गरि उच्च रक्तचाप,टाउको दुखाई,छात्ती,आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । पेट सम्बन्धी समस्या नआउला भन्न सकिन्न । आम्दानि र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ ।
तर पनि अन्य ग्रहको अनुकुल प्रभावले परराष्ट्र तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने गतिलो सम्भावना रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय उत्तम रहेको छ । माया प्रेममा मनमुटाब सिर्जना भएपनि अन्तत एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिनेछ । औषधि,निर्माण सामग्री र दैनिक उपभोग्य बस्तुको कारोबारमा वृद्धि हुनेछ ।
तरपनि शनिको अन्त्य साढेसातीको प्रभाव महिनाभर नै रहनेछ । आफन्त तथा कुटुम्बसँग सामान्य मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । शरीरमा आलश्य तथा अल्छीपना बढेर जानेछ । खानपान तथा बाहिरी बाताबरणको ध्यान दिनुहोला । नशा,प्यारालाईशिस,ग्याष्ट्रिक तथा दीर्घ रोगीहरुले बिषेश ख्याल गर्नुहोला ।
प्रशासन, शिक्षण, मेडिकल,केमिकल्स,उद्योग, भूउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट,भाषा अनुबादक, कम्प्युटर सफ्टवेयर तथा हार्डवेयर तथा राज्यमा मन्त्रि जस्ता पदमा रहि काम गर्नेहरुका लागि यो महिना राम्रो रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मकर राशि हुनेहरुका लागि सूर्य खर्च राशिमा,बुध पौष १८ गतेसम्म खर्च भावमा र पौष १९ गतेबाट राशिमा । शुक्र १९ गतेसम्म लाभ भावमा र २० गतेबाट खर्च भावमा । बृहस्पति र शनि राशिमा । मंगल पौष १४ गतेसम्म पराक्रम भावमा र १५ गतेबाट शुख भावमा । राहु बिद्या र केतु लाभ भावमा गोचर गरिहेका छन् ।
व्यवहारिक तथा आर्थिक उतारचढाव आउनेछ । खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले आम्दानिको तुलानामा खर्च अधिक हुने हुँदा दैनिकी नराम्ररी गरि प्रभावित हुनेछ । राज्यको नजिक रहि कामगर्नेहरुले काममा ढिला सुस्ति तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ भने राज्यको नुन खाएकाहरुले नियम संगत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितीको सामना गर्नु पर्नेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला ।
महिनाभर नै शनिका मध्य साढेसातिको प्रभाव रहने छ, जसको कारणले व्यापार व्यवसायमा मन्दी आउने तथा रुपैयाँ पैसा फस्ने योग रहेको छ । शरिरमा आलश्य तथा थकान महशुस हुनेछ । आफन्त तथा कुटुम्बसँग घरायसी कुरामा राय बाजिनेछ । आफ्नो वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ ।
तर पनि बुध,बृहस्पती,मंगल तथा शुक्रका अनुकुल प्रभावले लामो समयदेखी बन्द रहेका उद्योगहरु शुचारु गर्न सकिनेछ । आफन्त तथा अग्रबाट आशिर्वाद प्राप्त हुनेछ । सवारी साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । विद्यार्थी तथा शिक्षा पेशामा लागेका व्यक्तिहरुका लागि समय लाभदायी बन्नेछ । यात्रा हुनेछ भने विदेशमा बसेर समय लगानि गर्नेहरुका लागि समम फलदायी रहनेछ । विदेशी सामानको व्यापार गर्ने व्यापारीहरुका लागि समय उत्तम रहेको छ । प्राकृतिक स्रोत साधनको प्रयोग गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । भाग्यले प्रेम पात्र जुराउनेछ भने प्रेममा रहेकोहरुका लागि आफन्त तथा परिवारका सदस्यबाट वैधानिकता प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा तथा परिणामूखी कार्य सकिनेछ ।
मार्केटिङ, बिमा, अकाउन्ट,बैक तथा बित्तिय सस्था जस्ता क्षेत्रमा काम गर्नेहरुले सफलता प्राप्त गर्नेछन् । डाईरेक्टर, सञ्चालक, म्यानेजर,अध्यक्ष, न्यायाधीस, ईन्जिनियर, व्यवस्थापक,वा चिफ एक्जिक्युटिभ अफिसर जस्ता पदमा रही काम गर्नेहरुका लागि यो महिना केही शुभ रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कुम्भ राशि हुनेहरुका लागि सूर्य लाभ राशिमा,बुध पौष १८ गतेसम्म लाभ भावमा र पौष १९ गतेबाट खर्च भावमा । शुक्र १९ गतेसम्म राज्य भावमा र २० गतेबाट लाभ भावमा । बृहस्पती र शनि खर्च भावमा । मंगल पौष १४ गतेसम्म धन भावमा र १५ गतेबाट पराक्रम भावमा । राहु शुख र केतु राज्य भावमा गोचर गरिहेका छन् ।
महिनाभर लाभ भावमा गोचर गर्ने सूर्य र अन्य ग्रहको अनुकुल प्रभाव रहनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेको छ भने मान सम्मान ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । राजनीतिकर्मि,खेलाडी,पत्रकार तथा विद्यार्थीहरुका लागि समय उत्तम रहेको छ । नोकरी पाउने तथा पदोन्नतीको गतिलो योग रहेकोछ । अग्रज तथा आफन्तबाट तपाईँको काममा सहयोग तथा आशिर्वाद पाईनेछ ।
व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ,तरल पदार्थको कारोबारबाट मनग्गे धन सम्पत्ती आर्जन गर्न सकिनेछ । आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेको छ ।
तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पत्ती लाभ हुने ग्रहयोग रहेकोछ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भूमिका महत्वपूर्ण हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुबै कमाउन सकिनेछ ।
माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथिको सहयोगले राम्रा तथा परिणाममखि कार्य सकिनेछ । शुक्र र बुधको अनुकुल प्रभावले लेखन कला तथा साहित्य क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ ।
तर पनि शनिको आध्य साढेसातीको प्रभावले आफन्त तथा कुटुम्बसँग सामान्य मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । शरीरमा आलश्य तथा अल्छीपना बढेर जानेछ । खानपान तथा बाहिरी बाताबरणको ध्यान दिनुहोला । नशा,प्यारालाईशिस,ग्याष्ट्रिक तथा दीर्घ रोगीहरुले बिषेश ख्याल गर्नुहोला ।
यो महिना सञ्चार,कम्प्युटर, विज्ञान तथा प्रविधि,रिसर्च,प्राविधिक काममा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहनेछ । लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भूउपग्रह,भौतिक विज्ञान, मिडिया तथा राजनीतिमा समय व्यतित गर्नेहरुका लागि पनि समय उत्तम रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मीन राशि हुनेहरुका लागि सूर्य राज्य भावमा,बुध पौष १८ गतेसम्म राज्य भावमा र पौष १९ गतेबाट लाभ भावमा । शुक्र १९ गतेसम्म लाभ भावमा र २० गतेबाट राज्य भावमा । बृहस्पति र शनि लाभ भावमा । मंगल पौष १४ गतेसम्म धन राशिमा मा र १५ गतेबाट धन भावमा । राहु पराक्रम र केतु भाग्य भावमा गोचर गरिहेका छन् ।
महिनाभर राज्य भावमा गोचर गर्ने सूर्यले राजनीतिकर्मि तथा कुटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरुले उच्च पद पाउने गतिलो योग रहेको छ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । नीति निर्माण तहमा तपाईको सम्मानजनक उपस्थिती रहनेछ भने यो महिना गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । नोकरी पाउने तथा पदोन्नतीको गतिलो योग रहेको छ ।
पढाई लेखाईमा प्रतिस्पर्धी हरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ भने राजनीति शास्त्र अध्ययन गर्नेहरुका लागि समय राम्रो रहेको छ । पति पत्नी बीचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो गसिलो भएर जानेछ । कला साहित्य तथा गीत संगीतमा बिषेश रुचि बढ्नेछ । पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
व्यापार व्यवसायमा समय लगानी गर्ने व्यापारीहरुका लागि समय उत्तम रहेको छ । पराक्रमी क्रियाकलापमा भाग लिनेहरुले नाम तथा दाम दुबै कमाउन सक्नेछन् । माता पिता तथा अग्रजबाट आशिर्वाद तथा सहयोग पाईनेछ ।
लेखन, साहित्य,कविता,कला तथा साहित्य, मनोरञ्जन, हाँस्यविधा,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा काम गरि नाम कमाउने समय रहेको छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्यो. दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया