काठमाडौं । कोरोनाविरूद्धको खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग ६० अर्ब रूपैयाँ माग गरेको छ ।
कोभ्याक्सबाहेकको खोप खरिदका लागि आवश्यक पर्ने सम्पूर्ण बजेट अर्थ मन्त्रालयले नै व्यवस्थापन गर्ने भएकाले ६० अर्ब रूपैयाँको माग गरिएको हो ।
भारतले खरिद गर्ने भनेको सेरम कम्पनीको खोपका लागि आग्रह गर्दै नेपाल सरकारले गएको आइतवार नै पत्राचार गरिसकेको छ । जिटुजी प्रक्रियाद्वारा नेपाल सरकारले भारतसँग त्यहीँ पर्ने मूल्यमा नेपाललाई पनि खोप उपलब्ध गराइदिन आग्रह गरेको छ ।
सेरम कम्पनीको खोप नेपालमा प्रतिखोप ९ डलर मूल्य पर्न आउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया