काठमाडौँ । मंगलबार साँझ बसेको संवैधानिक परिषद् बैठक बिना निष्कर्ष सकिएको छ । आजको बैठकमा संवैधानिक नियुक्तिका विषयमा सामान्य छलफल हुनुबाहेक केही निर्णय नभएको राष्ट्रयसभा अध्यक्ष गणेश तिमल्सिनाले बताए ।
अध्यादेश ल्याएपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषदमा बैठकमा विभिन्न आयोगमा नियुक्तिबारे छलफल भएको छ । बैठकमा परिषद अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामात्रै उपस्थित थिए।
छ सदस्यीय संवैधानिक परिषदमा एक सदस्य खाली छ। प्रतिनिधिसभाको उपसभामुख पद खाली रहेकाले पाँच सदस्य मात्रै छन्। प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया