काठमाडौं । सुन्दा अचम्म लाग्ला, सायद पत्याउन पनि गाह्रो पर्ला, तर यो कुरा सत्य हो ।
भारतको जमदेशपुर नजिक रहेको प्रखण्ड मटरकुवा गाउँमा रहेका आदिबासी समाजले रातो कलिा पिसेर अचार खाने गर्दछन् ।
त्यहाँका मानिस जाडोबाट बच्नको लागि यसो गर्ने गरेको बताउने गर्छन् । उनीहरु हामीले टमाटरको अचार पिसेर खाए जसरी नै कमिलाको अचार खाने गर्दछन् ।
त्यसमा उनीहरु लसुन, अदुवा र नून, खुर्सानी पनि मिसाउँछन् । करिव ३० मिनेट पिसेपछि उनीहरुको यो अचार तयार हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया