हेर्नुहोस् २०७७ साल पौष २ गतेको राशिफल

वि.सं. २०७७ साल पौष ०२ गते । बिहीबार । इ.स.२०२० डिसेम्बर १७ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । मंसिर शुक्लपक्ष । तिथी– तृतीया,१७ बजेर ५७ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–उत्तराषाढा,२२ बजेर २४ मिनेट उप्रान्त श्रवण । योग–ध्रुव,१९ बजेर ३५ मिनेट उप्रान्त व्याघात । करण–गर,१७ बजेर ५७ मिनेट उप्रान्त वणिज,२९ बजेर ३६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४९ मिनेटमा,सूर्यास्त १७ बजेर ०९ मिनेटमा । दिनमान २५ घडी ५० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

उच्च तथा विशिष्ट व्याक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तीको योग रहेकोछ । अध्ययनमा प्रतिस्पर्धी हरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

कार्यक्षेत्रमा राम्रो काम गर्न नकस्दा मान सम्मानमा कमिको महशुष हुनेछ । समर्थन गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । स्वास्थ्य कमजोर रहनोले चाहेको उपलब्धि हासिल गर्न सकिनेछैन । धार्मिक तथा शैक्षिक यात्रा भएपनि कष्टकर हुन सक्छ ध्यान दिनुहोला । सरकारि तथा प्रशासनि काममा ढिलाशुस्तिको चपेटामा पर्नाले   उपलब्धि गुम्न सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापारमा अलि बढि समय लगानी गर्दा आम्दानीमा बृद्धि भएर जानेछ । आफन्त तथा दिदि बहिनी तथा कुटुम्वको सहयोगले राम्रा काम गर्न सकिनेछ । तरपनि भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

रमाईलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ भने पारिवारिक माहोलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा सानो सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कार्यक्षेत्रमा केहि विषयमा विवाद भएपनि तपाईको भनाई तथा रायलाई स्वीकार्दै जाने सहमति जुट्नेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइ सफलताकै मार्गमा अगाडी बढ्नेछ । प्रयन्न गर्दा राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । तपाईको खुट्टा तान्ने तथ कुरा काट्नेहरु तपाईकै प्रशङसा गर्दै हिड्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अध्ययनमा आजको दिन मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । मन परेको मानिससँग मनमुटाब बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नको लागी केहि समय पर्खनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । अरुको भर पर्नाले अवसर गुम्नेछ । भौतिक सम्पति तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्ने समय रहेकोछ । बैंक तथा सहकारि व्यावसायबाट आम्दानी बढाउन सकिनेछ । सानो प्रयत्नले कामहरु सम्पादन हुँदा मन प्रशन्न रहनेछ । आमा तथा आफन्तसँगको भेटघाटमा सानो बिवाद हुन सक्छ ध्यान दिनुहोला । प्रविधि तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
साहस तथा पराक्रमा बृद्धि भएर जाने हुनाले उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउने चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ । पढाइ लेखाइमा आत्तिने बानिले नतिजा आफ्नो पक्षमा पार्न मुस्किल पर्नेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा केहि असन्तुष्टि मिलाउदै बढ्न सकिनेछ । व्यापारमा मन्दी आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पुराना कमि-कमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाईलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनीतिज्ञको लागी समय राम्रो रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समय राम्रो रहेकोले आम्दानीको तुलनामा खर्च कम हुँदा रुपैया पैसाको वचत हुनेछ । विदेशी सामानको व्यापार व्यावासय फस्टाएर जानेछ भने एनजिीओ आईएनजीओ जस्ता सस्थामा काम पाउने तथा बढुवा हुने योग रहेकोले । अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । माया प्रोमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

काम गर्ने थुप्रै बाटाहरु भेटिनेछन् भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । सिमित साधन स्रोतको परिचालन गरी असिमित आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पैत्रिक धन तथा सम्पतीको प्रयोग गर काम गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?