काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज ९बिहीवार० अन्तिम दिन रहेको छ । मंसिर २९ गतेदेखि कम्पनीले सर्वसाधरणको लागि ५४ लाख कित्ता शेयर निष्कासन गरेको हो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हिजो बुधवार ४।४० बजेसम्म कम्पनीको आईपीओमा ८ लाख ९२ हजार ८५४ जना आवेदकहरुबाट २ करोड ४८ लाख १६ हजार ६७० कित्ता शेयर खरीदका लागि माग भएको छ । आज बेलुकीसम्म विक्री खुल्ला हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल कम्पनीमा संस्थापक तर्फको मात्र १ अर्ब ४० करोड चुक्तापूँजी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया