बेइजिङ, १५ असोज – अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरिया वार्ताको लागि तयार हुन्छ कि भनेर अमेरिका उत्तर कोरियाको सम्पर्कमा नै रहेको बताएका छन् ।चीनमा रहेका उनले भने – उत्तर कोरिया वार्ताको लागि तयार हुन्छ र आणविक हतियारको घमण्ड त्याग्न सक्छ कि भनेर हामी सम्पर्कमै छौँ र हाम्रो पहिलो सर्त पनि वार्ता नै हो ।चीनमा आफूले चिनियाँ अधिकारीहरुसँग वार्ता गरिसकेपछि उनले अमेरिका उत्तर कोरियासँग सम्पर्कबिहीन नबनेको र सकेसम्म आफ्ने प्रयास शान्तिपूर्ण वार्ताबाटै समाधान निकाल्नेमा रहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया