मेगा बैंकद्वारा बोनस शेयर र नगद लाभांश प्रस्ताव

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिले बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले बोनस र नगद गरी कुल १३.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी साधारण सभाले अनुमोदन गरे पछि लगानीकर्ताको खातामा जम्मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?