काठमाडौं – के तपाईलाई गोलभेँडाका अनेकन फाइदाबारे थाहा छ ? तरकारीलाई स्वादिलो बनाउनका लागि मात्रै नभएर गोलभेडाका अनेकन फाइदा छन् । अनि के गोलभेँडाको अनौठो गुण थाहा छ ? गोलभेँडाको सबैभन्दा ठुलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व खेर जाँदैन ।
सुपको रुपमा
अचारको रुपमा
श्रृगांरको रुपमा पनि गोलभेँडाको प्रयोग गर्न सकिन्छ ।
के – के पाईन्छ गोलभेँडामा ?
गोलभेँडामा पर्याप्त मात्रामा भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पाइन्छ ।
यसका साथै यसले कोलेस्ट्रोल कम गर्न पनि सहयोग गर्छ ।
मानिसको वजन हटाउन पनि गोलभेँडा फाइदाजनक छ ।
गोलभेँडाको प्रयोगले विभिन्न रोगको रोकथाम पनि गर्न सकिन्छ । बिहान पानी नपिइकन पाकेको गोलभेँडा खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ ।
बच्चाको मानसिक तथा शारीरिक विकासका लागि गोलभेँडा अत्यन्तै फाइदाजनक छ ।
मोटोपन घटाउनका लागि पनि हामीले प्रत्येक दिन दुई गिलास गोलभेँडाको जुस खान सक्छौ ।
गर्भावस्थामा गोलभेँडा सेवन गर्दा धेरै फाइदा हुन्छ ।
काँचो गोलभेँडा कालो नुन मिलाएर खानाले अनुहारमा चमक आउँछ र साथै गोलभेँडाको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ । अनुहारमा कान्ति छाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया