काठमाडौं – मान्छे चाहे जतिसुकै नास्तिक किन नहोस् तर, मठमन्दिरमा गएपछि एक किसिमको छुट्टै शान्ति मिल्छ भन्ने कुरालाई नकार्न गाह्रै पर्छ ।
अगरबत्तीको मगमग वास्ना, घण्टीको आवाज, मन्त्र तथा प्रार्थनाको ध्वनि आदिले शरीरमा संयमता थपिदिन्छ ।
हात जोडेर, आँखा बन्द गरी जब हामी भगवानको अघि उभिन्छौं तब जीवनका सबैभन्दा सुखका कुरादेखि सबैभन्दा दुखका कुरा समेत खोलेर राखिदिन्छौं ।
कहिले सोच्नुभएको छ मन्दिरमा पुग्दा यस्तो आनन्दमयी अनुभूति किन हुन्छ ? विज्ञ भन्छन्, ‘मन्दिर यस्तो ठाउँ हो जहाँ जात, लिङ्ग, पेशा, उमेर, स्तर आदि कुनै कुराको भेदभाव हुँदैन । सबैजना प्राय खुल्ला हृदय र सकारात्मक सोच लिएर मन्दिर आउँछन् जसले मन्दिर परिसरमा सकारात्मक तरंगहरु सिर्जना गरिदिन्छ । र, मान्छेले त्यही तरंग आफ्नो मनमस्तिष्कले सोस्छ ।’
फेरि मन्दिर जाँदा हामी ससाना रीतिरिवाज पनि किन ध्यानपूर्वक मान्छौं ? कहिले सोच्नुभएको छ ? हामी मन्दिरमा खाली खुट्टा किन पस्छौं होला ?
यो संसारको जुनसुकै कुनामा भएको मन्दिरमा पग्नुहोस्, त्यहाँ तपाईलाई चप्पल, जुत्ता लगाएर मन्दिरभित्र पस्ने अनुमति हुँदैन ।
विज्ञहरुका अनुसार मन्दिरमा अत्यन्तै बढी चुम्बकीय र विद्युतीय उर्जा हुन्छ । जसलाई मन्दिरको भूईँले पनि सोसेको हुन्छ । त्यसैले, यस्तो भूईँमा खाली खुट्टा हिँड्नाले हाम्रो शरीरले पनि सकारात्मक उर्जा प्राप्त गर्दछ ।
चप्पललाई अहंकारको प्रतीक मानेर मन्दिर पस्दा आफ्नो अहमतालाई बाहिर छोडेर पस्नु पर्छ भन्ने अर्को मान्यता पनि रहेको विज्ञ बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया