काठमाडौं – जाडोयाममा धेरैले महको प्रयोग गर्दछन् । तर के तपाईलाई थाहा छ मह खानुका फाईदा बेफाईदाबारे ? हामीले यहाँ महका फाईदा बेफाईदाबारे केहि टिप्स शेयर गरेका छौँ ।
के के छन् फाईदा ?
१.अदुवाको रस वा काढामा मह मिसाएर खानाले खोकी सन्चो हुन्छ ।
२.पाकेको आँपको रसमा मह मिसाएर जण्डीसको बिरामीलाई खुवाउनाले लाभ हुन्छ । बच्चालाई चिनीको ठाउँमा मह दिन सकिन्छ ।
३.बान्ताको समय पुदीनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।
४.शुष्क त्वचामा मह, दुधको तर क्रीम र बेसन मिसाएर लगाउनाले त्वचामा कान्ति छाउँछ ।
५.हृदयको धमनीको लागि मह शक्तिबद्धक हुन्छ । सुत्ने बेला एक गिलास पानीमा मह र कागती मिसाएर खादा कमजोर हृदयलाई शक्ति सञ्चार हुन्छ ।
६.पेटको सानो सानो घाउ र सुरुवातीको स्थितीको अल्सरलाई महलाई दुध वा चियाको साथ पिउनाले ठिक हुन्छ ।
७. सुख्खा खोकी लागेको बेला मह र कागती मिसाएर खाँदा लाभ हुन्छ ।
८.कब्जियतमा गोलभेडा वा सुन्तलाको रसमा एक चम्चा मह हालेर खाँदा राम्रो हुन्छ ।
९.रक्तचाप बढेको बेला लसुन र मह सेवन गर्दा लाभ प्राप्त हुन्छ ।
मह सेवन गर्दा अपनाउनु पर्ने सावधानी
महको प्रयोग कसरी गर्ने भन्ने बारेमा आयुर्वेद विज्ञहरुको भनाई यस्तो छ । कसरी खानुहुन्न मह ?
माछा, मासुसित मह खानु विष सरह हुन्छ ।
महमा पानी वा दुधको बराबर मात्रा खानु हानिकार हुन्छ ।
चिया र कफीको साथ मह खानु हानिकार हुन्छ साथै महलाई कहिले पनि तताउनु वा उमाल्नु हुँदैन ।
निकै गर्मीको बेला वा धापिएर आएको बेला मह खानु हानिकार हुन्छ ।
महको ज्यादा उपयोग पनि हानिकारक हुन्छ र मह सेवन गर्नासाथ तातो पानी खानु हुदैन ।
मह खाँदा कुनै अप्ठयारो महशुस भएमा कागती, निबुवा खाए आराम हुन्छ । अथवा ,एक ग्राम धनिँयाको धुलो र २० ग्राम अनारको रस मिसाएर खाँदा पनि राहत मिल्छ ।
एकै पटक धेरै मह खानु राम्रो हुँदैन दिनमा दुई तीन चम्चासम्म मह खान मिल्छ । एक पटकमा केटाकेटीले २५ ग्राम र वयस्क मानिसले ५० ग्रामसम्म सेवन गर्नुपर्छ ।
बढिरहेको ज्वरोमा दुध, घिऊ र मह विष समान हुन्छ ।
यदि कसैले विष सेवन गरेको छ भने त्यो बेला मह खुवाउँदा विषको प्रभाव अझ बढेर मृत्यु नजिक पुर्याउँछ ।
गर्भवति महिलाले महको धेरै प्रयोग गर्नुहुँदैन ।
आफ्नो शरीरको क्षमताले वा पाचन गराउनसक्ने मात्रै मह खानुपर्छ ।
वसन्त ऋतुमा विकसित वनस्पतिको परागबाट निर्मित मह सर्वोकृष्ट हुन्छ ।
सहर वा घरआँगनमा फुलेको वनस्पति को तुलनामा जगंली वनस्पतिको मह सबभन्दा राम्रो हुन्छ । (एजेन्सीको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया