काठमाडौं – मन्दिरमा होस् या घरमा गरिने नित्य पूजा, पूजाको थालीमा अनिवार्य राखिन्छन् : अविर, केसरी, फूल, कपूर, तील जौ लगायत सामाग्रीहरु ।
शताब्दीदेखि हाम्रो पूजा गर्ने परम्परा र शैली उस्तै रहिआएको छ । विना प्रश्न, विना उल्झन हामी किन एउटै तरिकाले पूजा गर्छौं ? किन त्यही सामाग्रीको प्रयोग गर्छौं ?
कपूर जलाउनुको दुई मूख्य कारण रहेको विज्ञ बताउँछन् ।
अक्सर आरती गर्दा थालीमा कपूर बालिन्छ किनभने यसले दृष्टि तेज बनाउने विज्ञहरुको भनाइ छ ।
आरती सकेपछि हामी आफ्नो हत्केलालाई दियोको माथि रोखर त्यसलाई आँखा र टाउकोमा लगाउँछौं । यसो गर्दा हाम्रो स्पर्श क्षमता सक्रिय हुन्छ ।
त्यस्तै, कपूर जस्तै आरतीको थालीमा छुट्दै नछुट्ने अर्को चीज भनेको फूल हो । गणेशलाई चढाइने घण्टी फूल होस् या लक्ष्मीलाई कमलको फूल, फूलविना पूजा आराधना अपुरो भएजस्तो लाग्छ ।
आखिर भगवानको आराधनामा फूलको के महत्व हुन्छ ? विज्ञ भन्छन्, ‘फूलको कोमल स्पर्शले हाम्रो स्पर्श शक्तिलाई सुदृढ पार्दछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया