काठमाडौं – हिन्दू धर्म संसारकै सबैभन्दा पुरानो धर्म हो । यस धर्मसँग सम्बन्धित हरेक कुरा हामीले आफ्ना अभिभावकहरुबाट सिक्दै आएका छौँ ।
हाम्रा अभिभावकहरुले पनि उहाँहरुको अभिभावकबाट सिक्नुभएको हुनसक्छ ।
यसरी रीतिरिवाजहरु पुस्तान्तरण हुँदै अहिलेको समयसम्म आइपुग्दा हामीलाई कतिपय तौरतरिकाहरु चित्त नबुझ्न सकेको हुन्छ या त किन गरिन्छ भनेर थाहै नहुन सक्छ । यद्यपि, हामी वर्षौदेखि चलिआएको परम्परालाई यसै छोडिहाल्न चाहिँ सक्दैनौँ ।
अहिले पनि हामी त्यही तरिकाले पूजा गर्छौं जसरी हामीले सानैदेखि देख्दै आएका छौं र आफूभन्दा ठूलाहरुबाट सिक्दै आएका छौं ।
यही अन्तर्गत पर्दछ – पूजा गरिसकेपछि भगवान या मन्दिरलाई फन्को लगाउने कार्य पनि । विभिन्न पूजा सामाग्रीले पूजेर, घण्टी बजाएर, प्रार्थना गरेर पूजा सकिसकेपछि भगवानको मूर्ति अथवा मन्दिरकै वरिपरि घुम्ने चलन रहेको छ जसलाई हामी प्रदक्षिणा पनि भन्छौँ ।
प्रदक्षिणाको शाब्दिक अर्थ हो, ‘सही मार्गतिर’ त्यसैले जब प्रदक्षिणा गरिन्छ तब हाम्रो शरीरले मन्दिर र मूर्तिहरुबाट सकारात्मक उर्जा प्राप्त गर्दछ । यसले मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउने विश्वास छ ।
त्यसैले हामीले पालना गर्ने धार्मिक नियमहरु रुढीवादी, अन्धविश्वासी सोचका उपज मात्र होइनन् प्रतीकात्मक र वैज्ञानिक हिसाबले प्रमाणित पनि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया