मन्दिरमा घण्टी किन बजाइन्छ ? यस्तो छ लुकेको वैज्ञानिक पक्ष !

काठमाडौं – मन्दिरको एउटा विशेषता त्यहाँ झुन्ड्याइएका भिन्नभिन्न आकारका घण्टहरु पनि हुन् ।

मन्दिर परिसरमा पस्नासाथ घण्टहरुको संयोजित ध्वनिले एक किसिमको सुमधुर माहोल बनाइदिएको हुन्छ ।

हावाको वेगमा हल्का हल्लिँदा आएको मसिनो धुन होस् या जोडतोडले बजाउँदा निस्कने भक्तिको झंकार जुनै आवाजले पनि हृदयलाई आनन्द महशुस गराइदिन्छ । तर, कहिले सोच्नुभएको छ यो रीति हामीले वर्षौंदेखि किन निभाउँदै आएका छौँ ?

मन्दिरको घण्ट लिड, तामा, पित्तल, जिंक, निक्कल लगायत विभिन्न धातूबाट निर्मित हुन्छ ।

यस्ता धातूबाट निस्किएको आवाजले आत्मालाई शान्त बनाउँछ ।

त्यस्तै, यस्तो ध्वनिले मानिसको श्रवण शक्तिमा पनि सुधार ल्याउँछ र मस्तिष्कका दुवै गोलार्धका बीच सामञ्जस्य कायम गर्न मद्दत पु-याउने विज्ञ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?