काठमाडौं – अंग्रेजीमा एउटा भनाई छ, ‘आई डन्ट ट्रष्ट वर्ड’ अर्थात् म शब्दमा विश्वास गर्दिन । यसको सांकेतिक अर्थ हो – ‘म तस्वीर फोटो वा कैद भएको दृश्यमा विश्वास गर्दछु ।’
हुन पनि हो, सुन्दर फोटो क्लिक गर्न मन कसलाई पो नहोला ? प्राकृतिक वा कलात्मक हिसाबले पूर्ण स्थानमा गएर होस् वा होहल्ला गरिरहेका साथीहरुको बीचमा । त्यो ‘सेल्फी’ वा ‘विफि’ जे होस् । आफूलाई मन्त्रमुग्ध पोजमा उभ्याउने र त्यो क्षण सदाका लागि कैद गर्ने ईच्छा सबैमा हुन्छ । तर अक्सर भइदिन्छ के भने बल्ल कमाएको रुपैयाँ पैसा खर्चेर, नयाँ कपडा लगाएर, निकै समय लगाएर पोज दिएर फोटो त कैद हुन्छ तर सोचेजस्तो हुँदैन ।
कि त ढाड बाङ्गेको आउँछ । कि त ङ्याच्च परेको कि चाहिँ जति जोडबल गर्दा पनि नखुलेको वाक्क परेको देखिन्छ । आईहाल्यो भने खुलेर हाँसेको आउँदैन । ल त्यो पनि आयो रे तर ‘एङ्गल’ नमिल्दा कि त तपाईलाई आफैँलाई अफ्ठेरो पर्ने आईदिन्छ कि त के मिल्दैन । किन ?
फेरि धेरैलाई लाग्न सक्छ । नायक /नायिकाको फोटोचाहिँ त्यहि स्थानमा ‘कस्तो बबाल’ आउँछ । मेरो किन नआएको होला ? हो, यो प्रश्न समस्या जिज्ञाशा जे भन्नुहोस् यसको समाधान नायिका रीमा विश्वकर्माले दिएकी छिन् ।
आफ्नो अफिसियल युट्युब च्यानलबाट विभिन्न भिडियो क्लिप्सहरु राख्न चाहने नायिका रीमाले सुन्दर तस्वीरका लागि केहि टिप्सहरु दिएकी छिन्- आफैँले डेमो गरेर ।
४३ हजार ६ सय सब्स्क्राईबर भएको उनको च्यानलमा मार्च २८, २०१९ मा अपलोड गरिएको यो भिडियो ४१ हजार २ सय ९४ जनाले हेरिसकेका छन् ।
१९ जनाले मन परेको समेत प्रतिक्रिया दिएका छन् ।
उनले आफ्नो च्यानलमार्फत् र अन्य च्यानलमा दिएको अन्तर्वार्तामा उत्प्रेरणा जगाउने, सकारात्मक सोच हुनुपर्ने, मिडिया र अगुवाहरुले सच्चिनुपर्ने लगायतका महत्वपूर्ण ‘ईस्यूहरु’ समेत उठान गर्ने गरेकी छिन् ।
उनले राम्रो फोटोको लागि पोज भन्ने शिर्षक दिएर समेटेको टिप्स अहिले सामाजिक सञ्जाल टिकटकमा समेत देख्न सकिन्छ । केहि प्रयोगकर्ताले उनको भिडियोक्लिप्समा ‘डोयट’ गर्दै सोहीअनुसारको पोज समेत गरेका छन् ।
यो भिडियो हेर्नुहोस् कसरी दिने पोज ? अनि तपाई पनि सुन्दर तस्वीर कैद गर्नुहोस् । (सबै भिडियो /तस्वीर नायिका रीमा विश्वकर्माको सामाजिक सञ्जालबाट लिइएको हो । सबै भिडियो तस्वीर नायिका रीमा विश्वकर्माको सामाजिक सञ्जालबाट लिइएको हो । )
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया