बच्चाहरुमथि राक्षस दौडाउने अचम्मको परम्परा !

काठमाडौं । संसारमा कतिपय यस्ता परम्परा ररितिरिवाजहरु छन् जुनको बारेमा सुन्दा मात्रै पनि हाम्रो होस् उड्दछ । स्पेनमा रहेको यो अनौठो परम्पराले सबैको मन रुवाउँछ ।

एल साल्टो डेल कोलाचो अर्थात् डेभिल्स जम्प नामक उक्त परम्परा डरलाग्दो किसिमको छ । उक्त परम्परा अनुसार नाबालकको जिउमाथिबाट कथित राक्षस दौडिएको हुन्छ ।

यो परम्परामा ती महिलाहरु सामेल हुन्छन् जसले हालसालै बच्चा जन्माएका हुन्छन् । उनीहरुले आफ्ना नवजात शिशुहरुलाई जमिनमा सुताउँछन् अनि ती बच्चाहरुलाई नाघ्दै त्यसमाथिबाट मानिसहरु दौडिन्छन् । यो परम्परा देशैभरी उल्लासका साथ मनाइन्छ ।

त्यसका लागि एउटा विशेष ठाउँ छनोट गरिन्छ । त्यहाँ आसपासका सबै नवजात शिशुहरुलाई ल्याइन्छ र खुल्ला ठाउँ भएको जमिनमा बच्चाका लागि कोमल ओछ्यान लगाइन्छ र बच्चालाई सोही ओछ्यानमा सुताइन्छ ।

केहीबेर पछि केहि मानिस विशेष पोषाकमा सजिएर त्यहाँ आउँदछन् । ती मध्ये एकजना राक्षसको भेषमा हुन्छ । त्यसपछि उक्त राक्षस बच्चालाई नाघ्दै दौडिन्छ । सबै नवजात शिशुलाई ननाघेसम्म ऊ उफ्रिरहन्छ ।

यसरी नवजात शिशुको जिउमाथिबाट राक्षस दौडाउनाले सबै प्रकारका पापबाट मुक्ति मिल्ने र नवजात शिशुको आसपासका सबै नकारात्मक शक्ति नाश हुने मान्यता रहि आएको छ ।

स्पेनबासीले यो परम्परा सन् १६२० देखि मनाउँदै आएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?