मिर्गौला बचाउन खानै हुँदैन यी खानेकुरा, यस्ता छन् चिकित्सकका सुझाव

काठमाडौं – मिर्गौला (Kidney) हाम्रो शरीरको निष्कासन प्रणालीसँग सम्बन्धित एक महत्वपूर्ण अंग हो। पेटको पछाडिको भागमा रहने सिमी आकारका अंग हो – मिर्गौला ।

केहि अपवाद छोड्ने हो भने हरेक मानिससँग जन्मजात दुइटा मिर्गौला हुन्छ।

मिर्गौलाले शरीरका विकारयुक्त कुरा फाल्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हर्मन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्नेलगायत काम गर्छ। तर पछिल्लो समय मिर्गौलामा समस्या भएका धेरै केसहरु आइरहेका छन् । बालबालिकादेखि वयस्क, वृद्धवृद्धा सबैमा यस किसीमको समस्या देखा परेको छ । यसर्थ हामीले चिकित्सकको सल्लाहमा केहि उपाय र सावधानी अपनाउनुपर्ने विषय यहाँ उल्लेख गरेका छौँ ।

किड्नी जोगाउन के नखाने ?

नुनिलो धेरै नखाने

मासुजन्य खानेकुरा धेरै नखाने

रक्सी र यस्ता पेय पदार्थ धेरै नपिउने : (जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ ।)

कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ । वयष्क मान्छेमा मिर्गौलाको समस्या हुनुका प्रमुख दुई कारण उच्च रक्तचाप र मधुमेह हुन्।

जंक फुड, जंक ड्रिंक्सले मिर्गौलालाई हानी गर्छ। यसबाट टाढै रहने

धेरैबेर पिसाब रोकेर नबस्ने

पानी धेरै वा थोरै पिउने नगर्ने : नियमित आफ्नो शरीरको मात्रा हेरेर पिउने ।

पूर्ण निन्द्रा लिनुपर्छ । कम्तिमा ७ घण्टा नियमित सुत्ने ।

धेरै खाना खाने बानी छोड्ने ।

धेरै औषधिको प्रयोग नगर्ने  :  कुनै दुखाई कम गर्नको लागि पेनकिलरको प्रयोग नगर्ने

अत्याधिक गुलियो खाने बानी त्याग्ने  : गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर समस्या हुन्छ ।

पोषणको अभाव : शरीरमा पोषक तत्वको अभाव भयो भने पनि मिर्गौला खराब हुन्छ । भिटामिन ट र म्याग्नेशियम भरपुर खानाले मिर्गौलामा पत्थरी हुन दिँदैन ।

चिया कफी बढी सेवन गर्नुहुँदैन ।

चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मिर्गौलामा समस्या हुन्छ ।

के – के खाने ? कसरी बचाउने  ? डाक्टर भोजराज लुइटेलका केहि टिप्सहरु र अनतर्राष्टिय सञ्चारमाध्यमबाट केहि उपायहरु यहाँ समावेश गरिएको छ ।

१. स्याउ
‘वान एप्पल पर डे नो डक्टर’ भनेको सुन्नुभएको होला । सामान्य आकारको स्याउमा पनि १५८ मिलिग्राम पोटासियम, १० मिलिग्राम फस्पोरस हुन्छ । हरेक दिन एउटा स्याउ खानु स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । मिर्गौलाका लागि पनि वरदान हुन्छ ।

२. बन्दा गोभी :
बन्दा गोभीमा उच्च मात्रामा सोडियम, पोटासियम, फस्पोरसको मात्रा हुन्छ । मिर्गौलाका लागि यी तत्वको जरुरत हुन्छ । यसको सकारात्मक पक्ष भनेको बन्दा गोभीमा फाइवर र भिटामिन सी समेत उच्च मात्रामा हुन्छ । यससँगै काउली, ब्रो काउली पनि स्वास्थ्यको लागि निकै राम्रो मानिन्छ ।

३. लसुन : 
हरेक दिन बिहान उठ्नेबित्तिकै एक केस्रा लसुन स्वास्थ्यको लागि निकै राम्रो मानिन्छ । ग्याष्टिकको लागि पनि यो उनिकै उपयोगि हुन्छ । एक पोटी लसुनमा १ मिलिग्राम सोडियम, १२ मिलीग्राम पोटासियम र ४ मिलीग्राम फोस्फोरस हुन्छ । यसले मिर्गौलालाई पनि फाईदा पुर्‍याउाछ । कोलेस्ट्रोल समेत नियन्त्रण गर्छ । त्यस्तै लसुन क्यान्सरबाट बच्नका लागि पनि फाइदाजनक हुन्छ ।

४. रातो खुर्सानी : 
पिरो भएपनि कहिलेकाहिँ रातो खुर्सानी खानु मिर्गौलाको लागि राम्रो हुन्छ । पोटासियम, फस्फोरस, भिटामिन सी, फाइबर, फोलिक एसिड र भिटामिन बी ट उच्च मात्रामा हुन्छ ।

५. स्ट्रबेरी : 
आधा कप स्ट्रबेरीमा १ मिलिग्राम सोडियम, १२० मिलिग्राम पोटासियम र १३ मिलिग्राम फस्पोरस हुन्छ । यसमा उच्च मात्रामा एन्टीअक्सीडेन्ट पनि हुन्छ जसले मिर्गौलालाई समस्या हुनबाट बचाउँछ ।

६. उसिनेको अण्डाको सेतो भाग : 
अण्डाको सेतो भाग स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । अण्डाको सेतो भागमा २ ग्राम प्रोटिन, ११० मिलिग्राम पोटासियम र १० मिलिग्राम फस्पोरस हुन्छ । यसमा रहेको एमिनो एसिड मिर्गौलाका लागि फाइदाजनक हुन्छ ।

७. स्वास्थ्य परीक्षण : बेलाबेलामा हरेकले स्वास्थ्य परिक्षण गर्नुपर्छ। हरेक ६ महिना वा १ वर्षमा रक्तचाप, क्रियाटिन, पिसाबको परीक्षण र अल्ट्रासाउण्ड ९भिडियो एक्सरे०गर्नुपर्छ। यी सबै स्क्रिनङ परीक्षण हुन्।

८. बाहिरी प्रदूषणबाट आफू बच्ने  : धुलो, धुँवा वातावरणीय प्रदुषणबाट मुक्त रहेर विष, लिड, मर्करीबाट मुक्त रहनपर्छ ।

९. हरीया सागपात र पहेँला फलफूल खाने : खानामा फलफूल हरियो सागसब्जीको मात्रा बढाउनुपर्छ।

१०. नियमित व्ययाम गर्नुपर्छ  : तर एकै पटकमात्र धेरै गह्रौँ किसीमको अभ्यास गर्नुहुँदैन ।

११.  बेलाबेलामा रातो च्याउ खानुपर्छ । यो किड्नी मैत्री तरकारीमा गनिन्छ । जसले किड्नीको प्रमुख कारक चिनि र मुटुसम्बन्धी रोग नियन्त्रण गर्न सहयोग गर्छ

१२. सन्तुलित रूपमा प्रोटिन मिसिएका खाना खानुपर्छ : डाइटिसियनको सल्लाहमा अण्डा, माछा, मासु सबै खान हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?