बदामले शरीरमा पुर्‍याउँछ यस्ता फाइदा

काठमाडौं – जाडो निकै बढेको छ । कोरोनाकोबीचमा जाडो बढेको बेलामा घाम ताप्दै बदाम खानु स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । लोकपथले यहाँ बदाम खानुका फाईदाबारे केहि टिप्स सेयर गरेको छ ।
यस्ता छन् बदाम खानुका फाइदाहरु :

-नियमित बदामको सेवनले छाला र हाडलाई फाइदा पुर्याउँछ ।

-स्ट्रोक पेट सम्बन्धी रोगहरु निको पार्छ। फोक्सोलाई पनि यसले मजबुत बनाउँछ ।

-ग्याँस र एसिडीटिको समस्याबाट छुट्कारा मिल्छ ।

-भोक नलाग्ने समस्या हटाउँछ ।

-गर्भवती महिलाहरुलाई यसले फाइदा पुर्याउँछ।

-बदामको प्रयोगले कोस्ट्रोललाई नियन्त्रण गर्छ,जसबाट मुटुको रोगहरुलाई टाढै राख्छ ।

-बदाम खानाले हर्मोनहरु सन्तुलनमा रहन्छन् ।

-यदि तपाईंलाई मधुमेह छ भने तपाईंले आफ्नो डाक्टरको सल्लाह लिएर बदाम खान सक्नुहुन्छ ।

-महिलाको प्रजनन् क्षमतामा वृद्धि गर्छ ।

-बदाममा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले रुघा, खोकीजस्ता समस्याबाट टाढा रहन मद्दत गर्छ ।

-बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँछ ।

-बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?