काठमाडौँ- धेरैलाई जिज्ञासा लाग्ने गर्छ- ‘विवाहपछि महिलाहरू किन मोटाइन्छ ?’
विवाहपछि व्यवहारिक जीवनमा आउने परिवर्तनका कारण प्रायः महिलाहरु तनावको शिकार हुने गरेको पाइन्छ । जसको कारण भोक जगाउने हार्मोन बढ्दा तौल समेत बृद्धि हुन्छ ।
यस्तै विवाहपछि व्यस्त दैनिकीको कारण कतिपय महिलाहरु पूर्ण निन्द्रा निदाउँदैनन् । अध्ययन अनुसार स्वास्थ्यको लागि दैनिक ७ देखि ८ घण्टा सुत्नु आवश्यक हुन्छ । जुन महिला पूर्णनिन्द्रा निदाउँदैनन् ती मलिाहरुमा शरीरको मेटाबोलिजमा हुने गडबडीको कारण पनि तौल बढ्छ ।
यसैगरी महिलाहरु विवाह अघि खानपान र फिटनेसमा बढि नै सवेदनशील हुन्छन् । तर, विवाहपछि भने दैनिकी र जीवन शैलीमा हुने उतारचढावको कारण बेवास्ता हुने हुनाले पनि बिवाहित महिलाहरुमा तौल बृदिको समस्या देखिने गरेको छ ।
त्यस्तै विवाह अगाडि मानिसहरु एक्लै हुन्छन् र फिट रहन जति पनि समय निकाल्न सक्छन् तर विवाह प्रश्चात उनीहरुको जिम्मेवारी बढ्छ । मानिसहरुलाई एक्सरसाईज गर्ने समय निकाल्न पनि गारो हुन्छ । जसको कारण पनि मानिसहरुको तौल बढेको पाईन्छ ।
यस्तै विवाह हुने वित्तिकै वेहुला–वेहुलीले एक अर्कालाई बढी केयर गर्छन् । खानपान र लाइफ स्टायलमा समेत ध्यान हुन्छ । त्यहीवेला श्रीमान–श्रीमतीमा पहिलो माया बस्छ । एकखाले संतुष्टि पनि थपिन्छ ।
विवाह पश्चात आफन्तजनहरुले विवाहित जोडिहरुलाई चाँड पर्वमा खाना खान बोलाउने जस्ता कार्यक्रमहरु गर्छन । जहाँ धेरै थरिका खानेकुराहरु एकैसाथ धेरै खाने गर्छन । जसका कारण धेरै महिलाहरुको खाने समय निश्चित हुदैन र त्यसैले तौल बढ्ने गरेको पाईन्छ ।
विवाह भएको १ देखि २ वर्ष भित्र प्रायः महिलाहरु बच्चा जन्माउने गर्छन् । गर्भावस्थामा महिलाहरुको तौल स्वभाविक रुपमा बढ्ने गर्छ, पछि घर व्यवहारको चक्करमा आफूलाई फिट राख्न उनीहरुलाई गाह्रो पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया