सदाबहार केरा: खाँदा फाइदै फाइदा, नपत्याए पढौं एकफेर

काठमाडौँ– केरा धेरैको मन पर्ने फलफूल हो । यो सदाबहार फलफूल पनि हो ।

दैनिक एउटा केरा खाँदा तपाईको स्वास्थ्यलाई धेरै फाइदाहरु हुन्छन् ।

१. केरामा आइरनको मात्रा धेरै हुन्छ । त्यसैले दैनिक एउटा केरा खानाले एनीमियाको खतरा कम हुन्छ ।

२. एसिडिटीका लागि पनि केरा धेरै फाइदाजनक हुन्छ ।

३ अनुसन्धानहरुले के देखाएका छन् भने ब्लड प्रेशरका रोगीहरुका लागि केरा धेरै राम्रो हो । अझै हाई ब्लड प्रेसर भएकाहरुको ब्लड प्रेशर कन्ट्रोल गर्न यसले धेरै मद्दत गर्छ ।

४. केरामा भरपुर मात्रा फाइबर हुन्छ । यसले तपाईको पाचन शक्तिलाई बलियो बनाउँछ । तपाईले दैनिक रुपमा एउटा केरा खानुभयो भने तपाईको पाचन प्रणाली राम्रो हुन्छ ।

५ .अनुसन्धानबाट के प्रमाणित भएको छ भने केराले भोक नियन्त्रण गर्छ । केरा खाएपछि पेट भरिएको महसुस हुन्छ । त्यसैले पटक–पटक केही न केही खानुपर्ने बानी तपाईको छ भने केराले त्यसमा नियन्त्रण गर्छ ।

६. केरामा पर्याप्त मात्रामा म्याग्नेशियम पाइन्छ । यसले तपाईको सोच त राम्रो बनाउने छ नै तपाईलाई राम्रो निन्द्रा समेत लाग्नेछ ।

७. हाम्रो शरीरमा भिटामिन बी ६ को आवश्यकता हुन्छ । जसका कारण हेमोग्लोबिन र इनसुलिन निर्माण हुन सकोस् । केरामा पर्याप्तमा मात्रामा भिटामिन बी ६ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?