रुघाखोकी र ज्वरो आएमा यसरी हेरचाह गरौँ

एजेन्सी । रुघाखोकी र ज्वरो मानिसमा कुनै पनि वेला आउन सक्छ । ज्वरो तथा रुघाखोकी बढ्दै गएमा मानिसलाई धेरै दिनसम्म सुताउँछ ।

वर्षायामको सुरु तथा अन्त्यमा, जाडोयामको सुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएन्जाका बिरामी बढी देखिने गर्दछन् । ज्वरो तथा रुघाखोकी धेरै ठूलो समस्या होइन भन्नेहरू पनि धेरै छन्, तर हेलचेक्र्याइँ गर्नुहुन्न । यसले मानिसमा ठूलो समस्या पैदा गर्न सक्दछ ।

बच्ने उपायहरु

  • पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौँ । ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर–दोहोर हुने कोठामा आराम गर्ने गरौँ ।
  • खोक्दा, हाच्छिउँ गर्दा सफा कपडा वा रुमालले नाक, मुख छोप्ने गरौँ ।साबुन पानीले मिचीमिची हात धुने गरौँ । आँखा, नाक तथा मुखमा अनावश्यक रूपमा हात नलैजाऔँ ।
  • अनावश्यक रूपमा मानिसहरूको भिडभाड भएको ठाउँमा नजाऔँ । शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बसौँ । सकेसम्म अन्य व्यक्तिहरूसँग हात नमिलाऔँ ।
  • ज्वरो, रुघाखोकी भएका बिरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔँ ।
  • अरूले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौँ । नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?