त्रिवि परीक्षा नियन्त्रण कार्यालयको आर्थिक कारोबार अब ग्लोबल आइएमई बैंकबाट

काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (प.नि.का) बल्खु बीच सम्झौता नविकरण भएको छ ।

पनिकाका परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंकको कीर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेको उक्त सम्झौता पत्रमा बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता नविकरण भएको हो ।

सम्झौता अनुरुप त्रिविका विद्यार्थीहरुको सम्पूर्ण कारोबार यस बैंकको नेपाल अधिराज्यभरका सबै शाखाबाट विश्वविद्यालयको आम्दानी खातामा जम्मा गर्न मिल्ने छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा सङ्कलन हुने शुल्क तथा धरौटी वापतको रकम ग्लोबल आइएमई बैंकमा जम्मा गर्न मिल्ने छ । साथै त्रिवि अन्तर्गतका क्याम्पसहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयबाट शुल्क र रकम जम्मा गर्न सक्नेछन् ।

यसका साथै पनिकामा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवम् चेक जम्मा लिने र दिने लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?