काठमाडौं । विश्वमा बिभिन्न अनौठा प्रतियोगिताहरु भईरहेका हुन्छन् । जसले तपाईहामीलाई चकित बनाएका हुन्छन् । यस्तै खालको एक प्रतियोगीताको बारेमा जानकारी दिन गईरहेका छौँ । जो अनौठो अनि अपत्यारीलो रहेको छ ।
ट्वाइलेट पेपर भन्ने बित्तिकै साधरण तया हामी ट्वाईलेटमा मात्रै प्रयोग गर्दछौँ । तर संसारमा यस्तो पनि ठाउँ छ जहाँ ट्वाइलेट पेपर ट्वाईलेटमा मात्रै नभई दुलहिको परिहन बनाउन प्रयोग गर्ने गर्छन् ।
अमेरीकाको न्युओर्कमा एक प्रतियोगीता भएको थियो । जहाँ ट्वाईलेट पेपरबाट महिलाको विवाहको ड्रेस तयार पार्नु पर्ने थियो ।
उक्त प्रतियोगीतामा साउथ क्यारोलिनाकी मिमोजा हास्काले सबैभन्दा उत्कृष्ट विवाहको ड्रेस तयार पारेर विजेता बन्न सफल भएकी थिईन् ।
उनिले विजेता भएसँगै १० हजार डलर पुरस्कार पनि पाएकी थिईन् । सो ड्रेस निर्माणका लागि ट्वाइलेट पेपरसँगै टेप, धागो तथा ग्लूको प्रयोग गरिएको थियो ।
मिमोजा हास्काले कूल ४८ रोल ट्वाइलेट पेपरको प्रयोग गरी बनाएको ड्रेस सबैभन्दा उत्कृष्ट ठहरिएको थियो । उक्त पहिरन बनाउन मिमोजालाई ४ सय घण्टा लागेको थियो ।
उक्त प्रतियोगीतामा सहभागीका लागि १५ सय जनाले नाम दर्ता गराएका थिए । भने प्रतियोगिताको अन्तिम चरणमा केवल १० प्रतियोगी मात्र चयन हुदै मिमोजा विजयी बन्न सफल भएकी थिइन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया