२५ करोड वर्ष पुरानो रुखको अवशेष फेला !

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष फेला परेको छ । उक्त अवशेष डाइनोसर युगको भएको दाबी गरिएको छ ।

हिमाञ्चल राज्य संग्रहालयका क्युरेटर डा. हरि चौहानले अवशेष भेटिएको पुष्टि गरेका छन् । डा. चौहानका अनुसार अवशेष संरक्षण गर्ने प्रयास भईरहेको छ ।

अवशेष फेला परेको क्षेत्रलाई छिटै भारतीय पुरातत्व विभागको जिम्मा दिइएको छ ।

रुखको अवशेष १२ फिट लामो र ८ फिट चौडा छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?