महिनावारी समयमै भएन ? यस्ता गल्ती पो भए कि ! (टिप्ससहित)

काठमाडौं – के तपाईको महिनावारी समयमै भएको छैन ? वा तपाईको पार्टनर यो समस्याबाट जुधिरहनुभएको छ ? यदी त्यसो हो भने आज हामी तपाईलाई सिर्फ एउटा बानीबारे जानकारी दिदैँछौँ । तपाईले त्यो बानी परिवर्तन गर्नुभयो भने यो समस्याबाट मुक्ति पाउनुहुनेछ । के हो त त्यो बानी ? 

विहान उठेपछि हरेक दिन २ गिलास मनतातो पानी पिउने

हो – इन्स्टिच्युट अफ मेडिसिनले गरेको एक अध्ययनले युवा अवस्थामा पुरुषलाई प्रतिदिन तीन र महिलालाई दुई दशमलव दुई लिटर पानी पिउनुपर्ने बताएको छ । उसले आफ्नो अध्ययन रिपोर्टमा लेखेको छ- बिहानै नियमित मनतातो पानीको प्रयोग र नियमित शारिरीक व्यायाम र योगाभ्यासले महिलाहरुको महिनावारी समेत समयमै हुन्छ ।

धेरै महिलाहरु नियमित रुपमा महिनावारी नहुने समस्याबाट जुधिरहेका हुन्छन् । उनीहरुको लागि यो निकै उपयोगी सिद्ध हुन्छ ।

महिनावारी समयमै नहुँदा महिलाहरुलाई गाह्रो महशुस हुने र महिनावारीपछि अतयाधिक शारिरीक पिडा हुने गर्दछ।

अध्ययनअनुसार धेरै जसो महिलाहरुमा खानपान र जीवनशैलीका कारण समयमा महिनावारी हुँदैन।

चिकित्सकका अनुसार मूलत: महिनावारीका बेला जुन अण्ड फुट्नुपर्ने हुन्छ, त्यो अण्डा नफूटेमा समयमा महिनावारी नहुने सम्भावना बढी हुन्छ।
चिकित्सक थप्छन्, ”महिनावारी हुने बेलामा पाठेघर खुम्चिने भएकाले पेट दुख्छ । त्यसैमाथि महिनावारी गडबड भएमा झनै पेट दुख्छ । ९९ प्रतिशतलाई महिनावारी हुनुअघिदेखि महिनावारी हुने बेलासम्म पनि पेट दुख्छ।”

यस्तो हुनुको पहिलो कारण तपाईले सेवन गर्ने औषधि हो । महिनावारी पर सार्ने वा अनय शारिरीक समस्याको लागि तपाईले खानुभएको औषधिले महिनावारी गडबड भएको हुनसक्छ ।

धेरै मोटोपनाको कारण पनि महिनावारीमा गडबडी हुन्छ ।

शरीरले उत्पादन गर्ने हर्मोन ब्यालेन्समा भएन भने पनि महिनावारी रोकिने गर्दछ।

तपाईलाई डिप्रेसन वा कुनै मानसिक शारिरीक तनाव दर्द भएमा यस्तो समस्या हुने गर्दछ ।

धेरै शारीरीक व्यायाम गर्ने महिलाहरुमा पनि र व्यायाम नगर्ने महिलाहरुमा महिनावारीको समय गडबडी हुने गर्दछ ।

तनाव, भागदौड, मानसिक तनाव, खानपान, धूमपान, मध्यपान आदिले ‘हर्मोनल इम्ब्यालेसन्स’ हुन्छ र महिनावारीमा गडबड हुन जान्छ । त्यतिमात्रै होईन पाठेघरको मुखमा घाउ, ट्युमर वा क्यान्सर छ भने महिनावारीमा गडबड हुन सक्छ ।

परिवार नियोजनको अस्थायी साधनले गर्दा पनि महिनावारीमा गडबड हुन सक्छ ।

खानपानमा ध्यान नदिकन बढी जंगफुड खानाले पनि यस्ता समस्याहरु आउने गर्दछ। यी त भए समान्य अवस्थाका सुझाव तर नियमित महिनावारी हुने महिलामा गडबडी भयो भने के कारणले भयो भनेर खोजी गर्नुपर्छ। र समयमै उपचार गर्नुपर्छ । डा. सुशीला वैद्य भन्नुहुन्छ, ”महिनावारी गडबड भएको खण्डमा पाठेघरमा समस्या छ कि भनेर अल्ट्रा साउन्ड गराएर हेर्नुपर्छ।”

कसरी बच्ने यस्तो समस्याबाट ?
– पहिलो कुरा त हरेक बिहानबाट आफूलाई परिवर्तन गर्नुपर्छ ।
– महिनावारी गडबड हुन नदिन तनाव थकान, काम, भागदौडको जीवनशैली, खानपान, सोँच परिवर्तन गर्नुपर्छ ।
– पोषिलो खानेकुरा खानुपर्छ । शरीरमा चाहिने तत्व पुगेको हुनुपर्छ ।
– नियमित व्यायाम गर्नुपर्छ ।
– शरीरलाई मोटो हुन दिनु हुँदैन ।
– गर्भ निरोधक चक्की वा अस्थायी साधन प्रयोग वा अनिच्छित गर्भाधारण रोकन प्रयोग गरिने औषधिमा निकै ध्यान दिनुपर्छ ।

के महिनावारीका बेला यौनसम्पर्क गर्न हुन्छ ?
चिकित्सकका अनुसार महिनावारी हुँदा यौनसम्पर्क गरेमा गर्भ रहन जाने सम्भावना धेरै नै कम हुन्छ । तर महिनावारी भएको बेलामा यौनसम्पर्क गर्दा अरु संक्रामक रोग लाग्न सकछ । त्यसैले महिनावारी भइरहेका बेलामा यौनसम्पर्क नै उत्तम हुन्छ । यसैपनि महिला यो बेलामा निकै कठिन पिडामा हुन्छिन् । यसबेला उनलाई पौष्टिक खानपान, माया हेरचाहको खाँचो हुन्छ ।

किन कसैलाई अत्याधिक पेट दुख्छ ?
एकाध महिलालाई छोडेर अधिकांशले गर्ने प्रश्न हो यो । कतिपय महिलालाई महिनावारीमा अत्याधिक पेट दुख्छ । यसको समाधान घरमा नै तातो झोल पदार्थको सेव, हलुवा अभ्यास र मनतातो पानीले नुहाउनु नै हो । यसो गर्दा पीडा केहि कम हुन्छ ।
डाक्टर बैद्यका अनुसार महिनावारीमा विशेष ध्यान दिन आवश्यक छ । महिनावारी भएको समयमा संक्रमण हुने सम्भावना उच्च रहन्छ । रगत यस्तो माध्यम हो, जसमा जिवाणु छिटो हुर्किने गर्दछन् । रगत बगिरहेको छ तर सरसफाई छैन भने संक्रमण हुने गर्दछ । त्यसैले यसबेलामा निकै सरसफाई गर्नुपर्छ ।

अत्याधिक पेट, ढाड र कम्मर दुख्छ रु यस्ता छन् दुखाई कम गर्ने घरेलु उपाय 

साधारणतया १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ महिनावारी अर्थात् (Menstruation) । कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ वर्षभित्रमा रोकिन्छ ।
महिनावारीको बेला कतिपय महिला तथा किशोरीहरुलाई अत्याधिक पिडा हुन्छ । महिनावारी हुँदा प्रायलाई धेरै पेट दुख्ने, बान्ता आउने, वाकवाकी लाग्ने, ढाड र कम्मर दुख्ने जस्ता समस्याहरु देखा पर्छन् । यस्तो बेलामा खान मन नलाग्ने र दैनिक काम गर्न बाधा हुने हुन्छ ।

महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्नु सामान्य नै मानिन्छ । महिनावारी हुनुभन्दा केही दिन पहिले शरीरमा भएको रागरस (Hormones) को मात्रामा परिवर्तन आउने गर्दछ । यस्तो रागरसको सहयोगले बच्चा हुर्कनका लागि पाठेघरको भित्र उपयुक्त वातावरण बनिरहेको हुन्छ । यस प्रक्रियाका कारणले पनि तल्लो पेट र ढाड दुख्ने गर्दछ । यदि पाठेघरले निषेचित डिम्ब प्राप्त गरेन भने त्यो निर्माण भएको रगतको तह विस्तारै रगतका रूपमा योनिमार्ग हुदै बाहिर निस्कन्छ र यस बेला पाठेघर खुम्चिने र फुक्ने हुदा यस्तो प्रकारको दुखाइ हुने गर्दछ । यही रागरसको (Hormones) परिवर्तनले गर्दा महिनावारी हुनुअघि कब्जियत हुने, थकाइ लाग्ने तथा कसै कसैलाई डन्डीफोर आउने जस्ता लक्षणहरू पनि देखा पर्दछन् ।

घरेलु तरिका अपनाएर महिनावारी हुदा पेट दुख्ने समस्यालाई समाधान गर्न सक्छौ । रुमाल वा आधा मिटर जति सुतीको कपडाको टुक्रालाई तातो पानीमा भिजाएर र पेटको वरिपरि सेकाउन सकिन्छ । त्यसै गरी तातो पानीलाई रबडको थैली (Hot bag) मा राखेर दुखेका ठाउमा विस्तारै सेक्न पनि सकिन्छ । रबडको थैली नभएका खण्डमा सिसी (Bottle) मा तातो पानी राखी दुखेका ठाउमा सेक्न सकिन्छ । त्यसै गरी दुखेका ठाउमा विस्तारै हलुका मालिस गर्नाले पनि दुखाइ कम हुन्छ । यस्तो बेला जति सक्दो तातो पानी, चिया र सुपका साथै अन्य गेडागुडीको झोल, हरियो सागसब्जी खानु पर्छ जसले शरीरलाई कमजोर हुन दिदैन । हलुका व्यायाम गर्नाले पनि दुखाइ कम हुन्छ ।

दुखाई कम गर्न घरेलु तरिका :-

१) दुध :  दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले क्याल्सियमको कमीलाई पुरा गरीदिनेछ र पीडाबाट आराम मिल्नेछ ।

२) मेवा :  महिनावारी भएको बेला खानाले फाइदा पु-याउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने गर्दैन जसका कारण अझ पीडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ ।

३) गाजर : गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार, एक ग्लास गाजरको रस पिउनाले महिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।

४) घिउकुमारी :  महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गन गर्र्दछ ।

५) तुलसी :  पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्न गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।

६) तातो पानीले नुहाउनुहोस् :  तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।

७) अदुवा :  एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ ।

८) व्यायाम : हुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।

९) खजुर : बिहान हरेक दिन खाली पेटमा ५० ग्राम भिजाएको खजुर खाने पानी पनि लाभदायिक हुन्छ ।

१०) चुकन्दरको ताजा रस :  सानो गिलासको ,१ गिलास (200ml) दैनिक बिहान १ महिना सम्म पिउनाले आइरन क्याल्सियम र अन्य मिनिरलसको मात्रा बढी पाइने हुँदा दुखाईलाई मद्दत पुग्दछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?