काठमाडौं – श्रीमान श्रीमतिकोबीचमा कति वर्ष ‘एज ग्याप’ हुनुपर्छ ? कति वर्ष जेठो कान्छो हुँदा जोडीबीचको सम्बन्ध राम्रो, दिगो र सुमधुर हुन्छ ? भन्ने प्रश्न आफैँमा निकै जटिल छ । किनभने कतिपय अवस्थामा एकदमै ‘एज ग्याप’ भएको जोडी पनि खुसीसाथ जीवन बिताइरहेका हुन्छन् । कतिपय अवस्थामा सँगै उमेर भएका जोडीको बीचमा पनि दरार आएको हुन्छ । कतिपय ३ देखि ५ वर्षको ‘ग्याप’ छ भनेको अवस्थामा पनि ५ महिना पनि वैवाहिक सम्बन्ध नटिकेका थुप्रै उदाहरण छन् ।
यसर्थ पनि यो धेरै गम्भिर विषय हो, त्यसैले पनि हरेकमा एउटै नियम लागू हुँदैन । किनकी प्रेमको कुनै सिमा हुँदैन । तर नेपाली समाजमा श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुनुपर्छ भन्ने धारणा राख्ने गरेको पाइन्छ । सायद पितृसतात्मक सोंच (चिन्तन)ले पनि यसमा काम गरेको हुनुपर्छ ।
युवतीहरु पनि आफूभन्दा बढी उमेरका पुरुषसँग दाम्पत्य जीवन विताउने अभिलाषा प्रकट गर्छन् । उनीहरु प्रेम गर्दा होस् वा विवाह गर्दा, आफूभन्दा बढी उमेरका पुरुषसँग गर्न चाहन्छन् । गरिरहेका हुन्छन् पनि ।
किनभने अक्सर युवतीहरु पुरुषबाट सुरक्षा खोज्छन् । उनीहरु आफ्नो जीवनसाथी आफूभन्दा परिपक्क होस् भन्ने चाहन्छन् । त्यसैले उनीहरु आफुभन्दा बढी उमेरका पुरुषसँग सम्बन्ध गाँस्न रुचाउँछन् । तर केहिले आफूभन्दा कान्छो श्रीमानसँग पनि खुसी भएर जीवन चलाइरहेका छन् ।
सायदै होलान्, श्रीमान् र श्रीमतीको उमेर बराबर भएको । धेरैजसो श्रीमतीको भन्दा श्रीमानकै उमेर बढी हुन्छ । तर, कति बढी ? यसको पनि कुनै सीमा छैन । कोही श्रीमान श्रीमती १ बर्षका जेठो कान्छो हुनसक्छन् । कतिमा भने १० वा ११ बर्षको उमेर अन्तर हुनेगर्छ । यस किसिमको उमेर अन्तरले दाम्पत्य सुखमा केही असर गर्छ ?
जानकार भन्छन् – यो जोडीमा भर पर्छ । उनीहरुको विचमा कत्तिको विश्वासको वातावरण छ ? यसमा भर पर्छ ।
तर प्रायजसो केहि समय मिलेको जस्तो देखिएपनि निकै लामो उमेरअन्तर भएको जोडीमा समस्या आउँने निश्चित छ । विवाह एक यस्तो सम्बन्ध हो, जसमा श्रीमान् र श्रीमतीबीच खास तालमेल हुन जरुरी छ । नभए त प्रेमले जोडिएको यो सम्बन्धमा खटपट आउन सक्छ ।
जर्जिया एटलान्टाको एमोरी युनिभर्सिटीको अध्ययनकर्ताले यसै सम्बन्धमा एक अध्ययन गरेको थियो । त्यसमा तीन हजार दम्पतीले भाग लिएका थिए । उक्त अध्ययनको ध्येय थियो – के कारण दाम्पत्य जीवन लामो समयसम्म सुमधुर रहन्छ ?
अध्ययनका क्रममा उमेर, जाति, पढाई, रोजगार, धर्म, आय, परिवारमा सदस्य संख्याको जानकारी लिइयो । यस किसिमको डाटाबाट अध्ययनलाई भरपर्दो बनाउनका लागि रिलेशनसिप र प्रेमको दृष्टिबाट निष्कर्ष निकाल्न सहज भयो । यो अध्ययन केवल यही कुरा पत्ता लगाउनका लािग गरिएको थियो कि के वास्तवमा सफल र लामो सम्बन्धका लागि पार्टनरबीचको एज ग्यापले कुनै अर्थ राख्छ ?
स्टडीलाई तीन हिस्सामा बिभाजन :
यस स्टडीमा हासिल गरिएको जानकारीलाई तीन हिस्सामा विभाजन गरिएको थियो । पहिले, ति दम्पती जसको उमेर अन्तर एक बर्षभन्दा कम छ । यसरी उमेर अन्तर धेरै नहुनेको दाम्पत्य जीवन सुखमय हुन्छ । उनीहरुमा सम्बन्ध विच्छेद गर्ने संभावना कम हुन्छ ।
यसैगरी जुन दम्पतीको उमेर अन्तर पाँच बर्षको छ, उनीहरुको ब्रेकअप हुने संभावना १८ प्रतिशत रहन्छ । तर यो सम्बन्ध नेपाली समाजमा भने निकै पकिलो उमेर ग्याप हो भनिन्छ । किनकी स्वभाविक रुपमा जन्मातै महिला आफ्नो उमेभन्दा ४ वर्ष परिपक्क भइसक्छिन् । यदी पुरुष ४ वर्ष जेठो छन् भने उनिहरुको उमेर बराबर भएको बुझ्नुपर्छ ।
त्यसैगरी जुन दम्पतीको उमेर अन्तर १२ बर्षभन्दा बढी छ, उनीहरुको सम्बन्ध विच्छेद हुने संभावना अधिक रहन्छ ।
यसको निष्कर्ष के भने, दम्पतीबीच जति धेरै उमेर अन्तर हुन्छ उत्तिनै उनीहरुको सम्बन्धमा खटपट आउने र सम्बन्ध विच्छेद हुने संभावना बढ्छ । यसर्थ जति नै कम अन्तर भयो त्यसमा पनि शंका गर्न सकिन्छ तर जुन दम्पत्तिमा २ वर्षदेखि ५ वर्षसम्मको उमेर ‘ग्याप’ छ । त्यो सम्बन्ध राम्रो हुनछ ।
यद्यपी तपाई विवाहित हुनुहुन्छ र तपाईको पार्टनरको उमेर ग्याप यहाँ भनेबमोजिम मिल्दैन भने पिर नगर्नुहोस् बरु आफ्नो सम्बन्ध बचाउन र सुमधुर बनाउनतर्फ लाग्नुहोस् । एजेन्सी
चिस्सिँदैछ श्रीमान श्रीमतीको सम्बन्ध, यसरी बचाउनुहोस् प्रेम !
पछिल्लो वर्ष वर्षयताको तथ्यांक हेर्ने हो भने विश्वभरी नै सम्बन्धविच्छेदको घटना बढीरहेका छन् । दुई व्यक्तिबीचको आपसी सहमतिमा विवाह हुन्छ । अनि मत नमिलेपछि सँगै बस्नुको औचित्य नदेखेका उनीहरु टाढा हुन्छन् ।
पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा निकै दरार आउन थालेको छ । महिलाहरुलाई आफ्नो हक अधिकारबारे थाहा भएका कारण पनि अब पहिले जस्तो सहेर बस्ने भन्ने हुँदैन । र सम्बन्धविच्छेद हुन्छ । सानोतिनो मनमुटाव पछि दम्पत्तिहरु विकल्प खोज्नतिर लाग्छन् । र, पहिलेको सम्बन्धलाई बिच्छेदको बाटो दिन्छन् ।
विवाहत्तेर सम्बन्ध, गरिबी, लागूऔषध प्रयोग, दुव्र्यसनी, शारीरिक र मानसिक अशक्तता, सम्बन्धमा आएको दरारपन आदी कारण नै अहिले सम्बन्धविच्छेदको मुख्य कारण बनेको छ । विभिन्न अध्ययनले देखाएका छन्, कि वैदेशीक रोजगारीको कारण पनि विश्वभरीनै सम्बन्धविच्छेदको घटना बढीरहेका छन् । यो अर्थमा भन्ने हो भने वर्षौसम्मको मतभेद, अलग बसाई र लामो समयसम्म पनि सम्पर्कमा नरहेका कारण पनि जोडीहरु छुट्टिन चाहिरहेका छन् ।
पछिल्लो समय वैदेशीक रोजगारीले पनि सम्बन्धलाई निकै डरलाग्दो बनाइरहेको छ । युरोपको सबैभन्दा सानो देश लग्जमबर्गको जनसंख्या ५ लाख मात्रै छ । तर यहाँ ८७ प्रतिशत सम्बन्धविच्छेद हुने गरेको छ । रुस यस्तो देश हो, जहाँ हरेक एक सेकेन्डमा एक जोडीको सम्बन्धविच्छेद हुन्छ । यहाँको एक तिहाई विवाह जम्मा पाँच वर्ष मात्रै टिक्छ । भारतमा एक हजार विवाहमा १३ जनाको सम्बन्धविच्छेद हुने गरेको छ । स्पेनमा पछिल्लो केहि वर्षमा स्पेनको आर्थिक अवस्थामा आएको उतारचढावका कारण सम्बन्धविच्छेद हुने गरेको छ । इङ्ग्लान्डमा पछिल्लो केहि वर्षमा सवा लाख जोडीको सम्बन्धविच्छेद भएको अनुुसन्धानमा खुलेको छ ।
अमेरिकामा सम्बन्धविच्छेदको कारण दोस्रो विवाह भएको अनुसन्धानमा उल्लेख छ । अमेरिकामा दोस्रो विवाह गर्नेको संख्या बढिरहेको छ । नेपालमा पनि सम्बन्धविच्छेद बढीरहेको छ । चर्चित ३ जोडीको डिभोर्स भयो २०१९ मा । अब हाम्रा सामू पनि गम्भिर प्रश्न खडा भएको छ – समबन्ध कसरी बचाउने ? तपाईको त्यो समस्या मसाधानको लागी लोकपथ डटकमले केही टिप्स जम्मा पारेको छ । जुन निम्नानुसार छ ।
-अरु मानिसले के भन्लान् भन्ने सोच्नु हुँदैन ।
-अधिकार र कर्तव्यलाई एउटै तुलोमा राख्नुपर्छ ।
-कसलाई के कुरा मन पर्छ त्यो खुलेर एकअर्कामा राख्न सक्नुपर्छ ।
-आफू बाहिर कतै घुम्न गएको छ भने फर्कँदा मनपर्ने कुरा किनेर ल्याईदिनुपर्छ ।समयसमयमा चाडपर्व वा विशेष अवसरमा सानै किन नहोस् उपहार दिने बानी गर्नुपर्छ ।
-कतै बाहिर निस्कँदा बेलाबेलामा फोन गरिराख्नुपर्छ ।
-अफिसमा छ भने बेलाबेलामा फोन गरेर खाजा तथा खाना खाए नखाएको सोध्ने गर्नुपर्छ ।
-छरछिमेकले कुरा काट्लान भनेर सोच्नु हुँदैन ।
-आइपरेका समस्याहरु मिलेर समाधान गर्नुपर्छ ।
-एकअर्कामा कुराहरु शेयर गर्नुपर्छ ।
-बहिरका मान्छेलाई घरका कुरा सुनाउन हुँदैन ।
-एक अर्काले एकआपसमा समय मिलाएर घुम्न जाने तथा सँगै बस्ने गर्नुपर्छ ।
-एक अर्काले सम्बन्धलाई गाढा बनाउन जे छ, त्यसमै सन्तोष बन्न सक्नुपर्छ ।
-यो भन्दा राम्रो मलाई हुनै सक्दैन भन्ने भावना मनमा राख्नु पर्छ ।
-एकआपसमा मीठो गरेर बोल्नु पर्छ ।
-पतिपत्नीमा सम्बन्धलाई मीठो बनाइराख्न एक अर्काले गरेको कामको तारिफ गर्नुपर्छ ।
-शंकाको वातावरण सिर्जना गर्नुहुँदैन ।
-समस्या आईपरे, रोगी भए, दिर्घकालीन रोग लागेपनि माया ममतासँगै बाँच्नुपर्छ ।
-एक अर्कालाई सम्मानसहितको प्रेम गर्नुपर्छ ।
-एक अर्काको सपना साकार पार्न जतिसक्दो लाग्नुपर्छ ।
-दुई जनाबिचको सम्बन्धमा परिवारका अरु सदस्यको कारण देखाई वैमनश्यता सिर्जना गर्नु हुँदैन ।
-हतारमा निर्णय लिँदा फूर्सदमा पछुताउनुपर्छ । विवाह, सम्बन्ध, करिअर जस्ता कुराहरुमा निर्णय लिँदा निकै सुझबुझसाथ अभिभावकको सल्लाहमा मात्रै निर्णय लिनुपर्छ ।
-सम्झनुहोस् उ विना तपाई पूर्ण हुनुहुन्न र तपाईविना उ ।
-सम्बन्धमा जब विकल्प खोज्न थाल्नुभयो तब सोच्नुहोस् तपाईले नराम्रो बाटो पक्रिनुभयो ।
-हरेक कुरामा ‘पर्फेक्ट’ हुन्छ वा चाहियो भन्ने भाव राख्नु हुँदैन ।
– जीवनमा सम्झौता पनि गर्न जान्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया