भान्साको राजा – मेथी : थाहा पाउनुहोस् अनेकन फाईदा

लोकपथ
0
Shares

काठमाडौं – के तपाईको घरको भान्सामा सानो बट्टामा राखिने स – साना दानाको महत्वबारे तपाईलाई थाहा छ ?

भनिन्छ नि – अक्सर स – साना चिजहरु निकै महत्वपूर्ण हुन्छन् । त्यसको उपयुक्त उदाहरण मेथी हो ।

बहुगुणी मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रूपमा प्रयोग गर्ने गरिन्छ । यो भान्सामा अभिन्न अंगको रूपमा रहने गर्दछ ।कतिपयले यसलाई उमारेर निकै मिठो अचार समेत बनाएर खाने गर्छन् ।

मेथीको साग महत्त्वपूर्ण हरियो तरकारीको रूपमा रहेको छ । प्राचिन काल देखिनै यसको औषधीय गुणका कारण तरकारी तथा औषधीको रूपमा यसको प्रयोग गरिँदै आएको छ । मेथीको बीज एक बहुमुल्य औषधी समान हुन्छ ।

यस्ता छन् बहुगुणी मेथीका फाईदा :
यसले भोक बढाउने तथा संक्रामक रोगबाट रक्षा गर्दछ ।

मेथी खानाले पसिना आउँछ । र शरीरको विजातिय विकार तत्वलाई बाहिर निकाल्दछ ।

यसले श्वास तथा शरीरको दुर्गन्धबाट छुट्कारा दिलाउँदछ ।

यो अल्सरमा पनि लाभकारी हुन्छ ।

मेथीबाट बनेको लड्डु एक राम्रो टोनिक हो जो प्रसुति पश्चात खुवाउने गरिन्छ ।

यसले शरीरको सारा व्याधी निर्मुल गर्ने तथा शरीरमा बच्चाको लागि दुधको मात्रा बढाउने गर्दछ ।

डायबिटीजमा मेथीको दानाको पाउडर अत्यन्त लाभप्रद हुन्छ ।

यसमा अमिनो एसिड हुन्छ जो इन्सुलिन निर्माणमा सहायक हुन्छ।

यसले थकान कमर दुखेको तथा शरीर दुखेकोमा फाइदा गर्दछ ।

यसको पातको लेप कपाल तथा अनुहारमा गरेमा कपाल तथा अनुहारका अनेकन विकार निर्मुलगरी केश र अनुहार कान्तिमय हुन्छ।

मधुमेह को रोगिको लागि मेथिदाना फाइदाजनक हुन्छ । एक कप पानीमा वेलुका मेथीदाना भिजाउँने विहान पानी पिउने मेथिदाना चपाएर खाएमा फाइदा हुन्छ ।

वाथ रोग मुटुरोगमा पनि मेथिदाना फाइदाजनक हुन्छ ।

मेथी, हल्दी, सौंठ लाघ समभागमा चुर्ण राखेर विहान वेलुका १/ १ चम्मच तातो पानी या दुधमा सेवन गर्नाले जोड्नीको दुखाई तथा सबै प्रकारको वाथ रोग र सुजन सुन्निएकोमा फाइदा हुन्छ।

मेथी दाना मा धेरै प्रकारका पोषक तत्व हुने भएकाले यसको सागको तरकारी खानाले या दानाको सेवनले शरीरको रगत शुद्ध हुने र एनीमिया रोक्नमा सहायक हुन्छ।

प्रजनन समस्याको उपचारको लागि यसलाई प्रयोग गरिएको इतिहास रहेको छ। साथै हर्मोनको समस्यालाई सुधार्न, स्तन ठूलो बनाउन र रजस्वलाको दुखाईलाई कम गर्न पनि यसको मूख्य भूमीका रहेको पाइएको छ।

मेथीमा फलाम तत्व रहने भएकाले जण्डिसका विरामीलाई यो फाइदाजनक हुन्छ ।

मेथीको तरकारीमा अदुवा गरम ससला हालेर सेवन गरेमा निम्न रक्तचाप भएकोमा फाइदा पुग्दछ ।

मेथी को तरकारी खानाले रगतमा शुद्धता आउँछ। मेथी दानामा मुटु स्वस्थ्य राख्ने पाचन शक्ति बढाउने र कामवासना बढाउने क्षमता रहेको हुन्छ ।

nutrients in methi

  • उमेर बढेकोमा यसबाट हुने कमजोरी हटाउने तथा महिलाको सौन्दर्यमा निखार ल्याउन मदत गर्दछ।Methi Leaves
  • आँखाको तल कालोपन मेटाउनको लागि मेथीलाई पिंधेर पेष्ट बनाएर लगाएमा कालोपन रहन्न।
    • कपाल झर्न रोक्छ: मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ। यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ।
    • चायाँबाट मुक्ति: यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँको समस्या तत्काल समाधान हुन्छ।
    • डन्डीफोर नियन्त्रण : मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ। यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस्। मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ।
    • मोटोपनको नियन्त्रण : मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ। यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।

      मेथी खानुका बेफाइदा पनि छन्  : 

      सामान्य मात्रामा मेथीको सेवन गर्दा कुनै हानी गर्दैन, तर यसको अत्याधिक प्रयोग गर्नुहुँदैन ।

      गर्भवती महिलाहरूले मेथीको सेवन गर्नु एकदमै हानीकारक हुन्छ, किनभने यसले गर्भाशयको मुखलाई खुल्ला गर्ने काम गर्दछ। गर्भवती महिलाहरूलाई मेथी खान मन लागेमा, चिकित्सकसँग सल्लाह लिनुहोस्

    • यदि तपाईले अन्य कुनै औषधीको सेवन गर्नुभएको छ भने पनि, मेथी खाँदा ध्यान पुर्याउनुपर्ने हुन्छ। यसमा भएको फाइबरले अन्य मेडिकल औषधीसँग प्रतिक्रिया गर्दछ र उक्त औषधीको प्रभावलाई शून्य बनाइदिन्छ।
    • बालकहरूलाई मेथी खान दिनुहुँदैन। यसले बच्चाहरू मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने अनुसन्धानबाट देखिएको छ। बच्चालाई मेथी खुवाउँदा, उनीहरूको शरीरबाट दुर्गन्ध आउने समस्या देखिन सक्छ।एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?