जसले रेस्टुरेन्टमा पानी पिएर दिए १० हजार डलर टिप्स !

काठमाडौं । सामान्यतः ठूला रेस्टुरेन्ट वा होटलतिर खाना खान जाँदा धेरैजसोले वेटर–वेट्रेसलाई प्रेमले केही टिप्स दिने गर्छन् । तर, सायदै व्यक्तिले टिप्समा लाखौं रुपैयाँ दिन्छन् होला ।

तर, हालसालै एक व्यक्ति भने टिप्समा लाखौं रुपैयाँ दिएर चर्चामा आएका छन् । चर्चित युट्युब ब्लगर जिम्मी डोनाल्डसन हालसालै एक रेस्टुरेन्टमा खाना खान गएका थिए । त्यसक्रममा उनले एक वेट्रेसलाई १० हजार डलर टिप्स दिए । यसै कारण अहिले जिम्मी चर्चामा छन् ।

यो घटना अमेरिकाको नर्थ क्यारोलिनास्थित ग्रीनभिल्लेमा रहेको सुप डग्स रेस्टुरेन्टमा गत शनिबार मात्रै भएको हो । प्रसिद्ध व्यक्तिबाट टिप्समा १० हजार डलर ९नेपाली रुपैयाँ करिब ११ लाख ५० हजार० पाउने भाग्यमानी महिला एलेना क्लस्टर हुन् ।

खबरअनुसार जिम्मी उक्त रेस्टुरेन्टमा साँझपख छिरेका थिए । त्यसपछि उनी त्यहाँ केहीबरे बसे । र, दुई बोतल पानी मगाए । उनले पानी पिए । केहीबेरपछि नै उनले टेबुलमा १० हजार डलर राखेर हिँडे ।

जब त्यो रकम उनलाई पानी ल्याइदिने महिलाले हात पारिन् । त्यसपछि उक्त विषयले खुबै चर्चा पायो । पछि खोजी गर्दै जाँदा टिप्समा १० हजार डलर दिने व्यक्ति चर्चित युट्युबर जिम्मी भएको थाहा भयो ।

रेस्टुरेन्टमा सामान्य जागिरे ती महिलाले दशौं लाख डलर टिप्स पाएपछि मक्ख परिन् । उनले आफूले कल्पना पनि नगरेको खुसी मिलेको बताइन् ।

जिम्मी यसअघि पनि मोटो रकम टिप्स दिने मामिलामा चर्चामा आएका थिए । यसअघि पनि उनले एक पिज्जा डेलिभरी ब्वाइलाई टिप्समै १० हजार डलर दिएका थिए ।

त्यसबेला त जिम्मी स्वयंले आफूलाई सेवा दिन आउने पिज्जा ब्वाइलाई १० हजार डलर टिप्स दिँदै गरेको भिडियो नै बनाएर अपलोडसमेत गरेका थिए ।

त्यो घटनापछि उनले पुनः अर्कोपटक मोटो रकम टिप्समा दिएका चर्चा पाएका हुन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?