काठमाडौं । भुलबस एउटा कमा अर्थात् अल्पविराम लेख्न छुट्दा कति महंगो हुँदो रहेछ भन्ने कुरा हालसालै प्रमाणित भएको छ । अमेरिकाको एक डेरी उद्योगले अल्पबिराम अर्थात कमा लेख्न छुटाउँदा ५० लाख डलर जरिवाना तिर्नु परेको छ ।
सन् २०१४ मा ओकहस्र्ट डेरीमा काम गर्ने गाडी चालक मजदूरहरुले कम्पनीविरुद्ध मुद्दा दायर गरेर थप समयमा काम गरे बाफतको १ करोड डलर माग गरेका थिए । पार्टल्याण्डमा अवस्थित यो डेरीले कामदारसँगको सम्झौतामा दुई शब्दबीचमा अल्पविराम छुट्दा क्षतिपूर्ति बापत ठूलो रकम भुक्तान दिनु परेको हो ।
ड्राइभरसँगको करार सम्झौतापत्रमा लेखिएको कार्यविवरणमा तोकिएका विभिन्न कार्यहरुका शव्दमध्ये दुईवटाको बीचमा कमा लेख्नुपर्नेमा अथवा लेखिएको पाईएपछि खास कार्यविवरण दुवै हुन् कि दुईवटा मध्ये एउटा काम गरे पुग्ने हो भन्ने कुरामा द्विविधा देखियो । सोही विरोधाभाषले गर्दा फैसला मजदूरहरुको पक्षमा गएको समाचारमा जनाईएको छ ।
उक्त डेरी कम्पनीका चालकहरुले चार वर्षअघि नै क्षतिपूर्तिको माग गरी मुद्दा हालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया