दुई लिङ्ग र दुई फरक अण्डकोष भएका बच्चा जन्मिए, डाक्टर हैरान !

काठमाडौं । केहि पटक अनुवांशिक विकारका कारण लाखौँ मानिसहरु प्रभावित हुन्छन् ।

हामीले धेरै पटक जेनेटिक डिसण्डरका कारण अचम्मको रुप लिएर बच्चा जन्मिएको देखेका होलाउँ । हालै मात्र एउटा यस्तै घटना सार्वजनिक भएको छ । यो घटना मिश्रको हो ।

मिश्रमा एक बच्चा दुई लिङ्ग र दुई अण्डकोषको साथमा जन्मिएका छन् । यो दुर्लभस्थितीका कारण वैज्ञानिकहरु नै हैरान बनेका छन् । यसलाई वैज्ञानिक भाषामा क्याडूअल डुब्लिकेशन सिन्ड्रोमको नामबाट जानिन्छ ।

यो घटना मिश्रको एशियट यूनिभर्सिटी चिल्ड्रेन हस्पिटलको भएको बताइएको छ । अहमद मैहर अली र उनको टीमले यसको बारेमा जानकारी दिएको हो । बच्चाको तौल २.६ किलोग्राम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?