काठमाडौं । जसले पनि पृथ्वीमा जन्म लिएको छ, उसले कुनै न कुनै दिन मर्नै पर्दछ । यो प्रकृतिको नियम नै हो । हाफ्नो मृत्यु कहिले हुन्छ भन्ने बारेमा कसैलाई पनि थाहा हुँदैन । तर यो खबरले तपाईलाई अचम्म्ति बनाउँछ ।
संसारमा तीन जना यस्ता पनि व्यक्तित्वहरु थिए, जसले आफ्नो मृत्यु कहिले हुँदैछ भनेर बताएका थिए ।
अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले आफ्नो मृत्यु हुनुपूर्व एउटा सपना देखेका थिए । सपनामा उनले आफ्नो हत्या गरेको देखेका थिए । उनले यो कुरा आफ्नी श्रीमतीलाई पनि बताएका थिए ।
उक्त सपना देखेको केहि घण्टा पछि नै उनको हत्या भएको थियो । उनको सपनामा आएको कुरा सत्य सावित भएको थियो ।
भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीले आफ्नो अन्तिम भाषणमा ३० अक्टुबर सन् १९८४ मा उडिसाको राजधानी भुवनेश्वरमा भनेकि थिइन्, मलाई धेरै पटक हमला भईसकेको छ, मलाई मार्ने प्रयाश धेरै भईसकेको छ तर मलाई मर्नसँग डर छैन, सायद अब हुनेवाला हमला कसले र कहाँ हुन्छ थाहा छैन, र हमलामा के हुन्छ पनि थाहा छैन । उक्त भाषण गरेको एक दिन पछि उनको हत्या भएको थियो ।
त्यस्तै भमहात्मा गान्धीलाई मृत्त्युको समय थाहा थियो । उनले आफ्नी नातिनी मनुसँग २० जनवरी सन् १९४८ पछि गोली बारुदले हमला भईसकेको र बच्न सकिने अवस्था नरहेको बताएका थिए ।
उनले भनेका थिए, ‘मलाई कसैले न कसैले मार्न प्रयाश गरिरहेको छ, तिमीहरु राम्रोसँग बस्नु, म जसले गोली हाने पनि शिर थाप्न तयार छु, त्यतिबेला पनि म रामनाम जपि नै रहन्छु, त्यो बेला तिमीहरुले मलाई एक सच्चा महात्मा भन्न सक्नेछौ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया