२६ वर्षदेखि ४ इन्च लामो चक्कु टाउकोमा

काठमाडौं । चीनको केशेडोन्ग प्रान्तमा बस्ने ७६ वर्षका आडूयोरीजी गएको २६ वर्ष यता टाउको दुखेको कारण हैरान थिए । त्यसपछि उनले शेडोन्ग क्वानफोशान अस्पतालमा आफ्नो समस्या देखाए ।

डाक्टरहरुले धेरै दिनसम्म उनको परिक्षण गरे तर समस्या पत्ता लाग्न सकेन र उनको एक्स रे गरेर हेरे ।

एक्सेरेमा डाक्टरहरुले उनको शिरमा चक्कु रहेको कुरा पत्ता लाग्यो । डाक्टरहरु नै एक्से हेर्दा अचम्ममा परेका थिए ।

त्यसपछि उनीहरुले अप्रेशन गरेर उनको शिरबाट चक्कु निकाले उनीहरुले टाउकोबाट ४ इन्च लामो चक्कु निकालेका थिए ।

२ अप्रिलमा उक्त वृद्धको उनीहरुले अप्रेशन गरेका थिए भने दोश्रो पटक ८ अप्रिलमा अप्रेशन गरेर उनको शिरबाट ४ इन्च लामो चक्कु निकालेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सन् १९९४ मा अपरिचित व्यक्तिले डुयोरोजीलाई चक्कुले हमला गरेको थियो । चक्कु उनको शिरमा लागेको थियो । त्यो बेला देखि नै चक्कु उनको शिरमा रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?